सिड्नीमा भव्यतापूर्वक मनाईयो २०९ औं भानु जयन्ती एवं साहित्यिक कार्यक्रम

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यु साउथ वेल्स च्याप्टर, अस्ट्रेलियाले नेप्लिज अस्ट्रेलियन एशोसिएशन (NAA), फेडरेसन अफ नेप्लीज कम्युनिटी एशोसिएशन अफ अष्ट्रेलिया (FeNCAA) र गैर-आवासीय नेपाली संघ (NRNA SCC) को सहकार्यमा यहि ९ जुलाई शनिवारको दिन २०९ औं भानु जयन्ती एवं साहित्यिक कार्यक्रम हर्स्टभिलको सिभिक थियटरमा भव्यतापूर्वक सम्पन्न गरेको छ ।