MENU

सिड्नीमा भव्यतापूर्वक मनाईयो २०९ औं भानु जयन्ती एवं साहित्यिक कार्यक्रम

209th Bhanu Jayanti Celebrated in Sydney Australia A tribute to the first Nepalese poet Bhanubhakta Acharya, Bhanu Jayanti, Ramayan
209th Bhanu Jayanti Celebrated in Sydney Australia: A tribute to the first Nepalese poet Bhanubhakta Acharya

सिड्नी । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यु साउथ वेल्स च्याप्टर, अस्ट्रेलियाले नेप्लिज अस्ट्रेलियन एशोसिएशन (NAA), फेडरेसन अफ नेप्लीज कम्युनिटी एशोसिएशन अफ अष्ट्रेलिया (FeNCAA) र गैर-आवासीय नेपाली संघ (NRNA SCC) को सहकार्यमा यहि ९ जुलाई शनिवारको दिन २०९ औं भानु जयन्ती एवं साहित्यिक कार्यक्रम हर्स्टभिलको सिभिक थियटरमा भव्यतापूर्वक सम्पन्न गरेको छ ।

अनेसास न्यु साउथ वेल्स च्याप्टर अध्यक्ष ममता तिवारीको सभापतित्वमा भएको उक्त कार्यकृमको प्रमुख अतिथि वरिष्ठ गज़लकार ज्ञानुवाकर पौडेल, विशिष्ट अतिथि नेपाली कन्सुलेट जनरल दीपक कुमार खड्का, विशेष अतिथि गैर-आवासीय नेपाली संघ अस्ट्रेलिया अध्यक्ष नन्द गुरुङ, गैर-आवासीय नेपाली संघ अस्ट्रेलिया उपाध्यक्ष देव गुरुङ, सामाजिक अभियन्ता इन्द्रा वन र डा नारायण प्रधान रहेका थिए ।

कार्यक्रम प्रमुख अतिथि ज्ञानुवाकर पौडेलले पानसमा बत्ती बालेर एवं सम्पूर्ण अतिथिहरुबाट भानुभक्तको तस्विरमा मार्ल्यापण गरेर शुरु भएको थियो।  साथै नेपाली राष्ट्रिय गान र बालबालिकाहरुको प्रतिभा प्रदर्शन समेत रहेको थियो।  कार्यक्रममा श्रेया पौडेल र आरुषी पोख्रेलले नेपाली नृत्य प्रस्तुति गरेका थिए भने आयाम घिमिरेले बाल्मिकी रामायणको बालकाण्डको श्लोकहरु सुनाएका थिए ।

यस कार्यक्रममा ठुलो संख्यामा साहित्यिक सर्जकहरु एवं सिड्नीका विभिन्न सामाजिक संस्थाहरुका अध्यक्ष, महासचिव र प्रतिनिधिहरुका साथै सिड्नीमा स्थापित नेपाली पत्रकारहरुको समेत उल्लेखनिय उपस्थिति रहेको थियो।  कार्यक्रममा आमंत्रित कविहरु एवं सहभागि श्रोताहरुले आ आफ्ना कविता र गज़ल वाचन गरेका थिए । आमंत्रित सर्जक कविहरु सानु घिमिरे, निस्प्रभ सजी, सुरेन्द्र दवाडी, बुद्धि सागर दवाडी, डा मधु पुडासैनी, राम प्रसाद कोइराला, गायत्री कोइराला, प्रतिज्ञा अधिकारी लगायत कविहरु मुक्ति पोख्रेल, भावना पराजुली बस्ताकोटी , बिष्णु घिमिरे, शान्ता सिटौला, रमेश अधिकारी, निराजन सापकोटा, दयाराम सिम्खडा, नबिन घायलले रचना वाचन गरेका थिए ।

209th Bhanu Jayanti Celebrated in Sydney Australia
209th Bhanu Jayanti Celebrated in Sydney Australia

कार्यक्रममा निराजन सापकोटाद्वारा लिखित कविता संग्रह “जीवन :अविरल यात्रा र स्मृति” को प्रमुख अथिति ज्ञानुवाकर पौडेल, विशिष्ट अथिति दीपक कुमार खड्का एवं विशेष अथिति नन्द गुरुङ र देव गुरुङले संयुक्तरुपमा लोकार्पण गरेका थिए ।  सोहि अवसरमा आफ्नो पुस्तकको बारेमा निराजन सापकोटाले प्रकाश पारेका थिए । कार्यक्रममा श्रेया पौडेल, आरुषी पोख्रेल र आयाम घिमिरेलाई प्रमुख र विशिष्ट अथितिले प्रमाणपत्र प्रदान गरेका थए ।  साथै बाल प्रतिभा ब्रिष्टि दवाडीलाई अनेसास केन्द्रको “बालतारा पुरस्कार” बाट समेत सम्मान गरिएको थियो।

कार्यक्रम प्रायोजन सहयोगीहरु चतुर्भुज खरेल, नविन शाही, तोरण अवस्थी, निरज श्रेष्ठ, मोहन पाण्डे, डिला खरेल, रंजित वन्त, तिर्थ खतिवडा र कृष्ण बि के लाई खादाका साथ सम्मान गरिएको थियो।

कार्यक्रमको अन्तमा प्रमुख अतिथि ज्ञानुवाकर पौडेलले आफ्नो मन्तब्यका साथसाथै गज़ल वाचन गरेका थिए । साथै विशिष्ट अतिथि दीपक कुमार खड्का एवं विशेष अतिथि नन्द गुरुङ र देव गुरुङले आफ्नो मन्तब्य राखेका थिए । कार्यक्रमको अध्यक्ष ममता तिवारीले गरेको कार्यक्रमको समापनमा सबैलाई धन्यवाद दिदै कविता वाचन गरेर गरेकी थिइन ।

कार्यक्रम संचालन अनेसास न्यु साउथ वेल्स च्याप्टरका महासचिव डा प्रकाश पौडेल र पब्लिक अफिसर चतुर्भुज खरेलले गरेका थिए।

अस्ट्रेलिया प्रवेश गर्न कोभिड विरुद्धको खोप लगाउन नपर्ने