सुदुरपश्चिम समाज अस्ट्रेलियाको अध्यक्षमा लक्ष्मी जोशी चयन  

सुदुरपश्चिम समाज अष्ट्रेलियाले आगामी कार्यकालको लागि लक्ष्मी जोशीको अध्यक्षतामा १५ सदस्सिय नयाँ कार्यसमिति चयन गरेको छ । आइतबार पश्चिम सिड्नीको ब्ल्यक टाउनमा अस्ट्रेलियामा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुका बीच भएको भेला आगामी दुइ बर्षको लागि नयाँ कार्यसमिति चयन गरेको हो ।