MENU

सुदुरपश्चिम समाज अस्ट्रेलियाको अध्यक्षमा लक्ष्मी जोशी चयन  

Sudur Paschim Samaj Australia SPSA - NSW Newly Elected Executive Committee
Sudur Paschim Samaj Australia SPSA – NSW Newly Elected Executive CommitteeExecutive commettee

सिड्नी । सुदुरपश्चिम समाज अस्ट्रेलिया, न्यु साउथ वेल्सले आगामी कार्यकालको लागि लक्ष्मी जोशीको अध्यक्षतामा १५ सदस्सिय नयाँ कार्यसमिति चयन गरेको छ ।

आइतबार पश्चिम सिड्नीको ब्ल्यक टाउनमा अस्ट्रेलियामा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुका बीच भएको भेलाले आगामी दुइ बर्षको लागि नयाँ कार्यसमिति चयन गरेको हो ।

अन्य पदाधिकारीहरूमा उपाध्यक्ष जनक रावल, महासचिव कुमारजंग शाह, सचिव लोकराज भट्ट, कोषाध्यक्ष केशबराज जोशी र सहकोषाध्यक्ष आशिष चोख्याल रहेका छन् ।

यस्तै संस्थाका कार्य समिति सदस्यहरूमा दिलिप पाण्डे, दिपक जोशी, डिबि चन्द, हरिष बिष्ट, शिखा सिंह, बिजय खत्री, सुनिल भट्ट, भावना पन्त र दिन्कर भट्ट रहेका छन् ।

कार्यक्रममा निबर्तमान अध्यक्ष तोरण अवस्थीले संस्थाको प्रगति बिवरण प्रस्तुत गरेका थिए ।

सो अवासरमा मुख्य अतिथि एनआरएनएका अध्यक्ष नन्दु गुरुङले सम्पूर्ण संघ संस्था एबम समाजहरु एकजुट हुदै नेपाली समुदायको उत्थानका लागि हातेमालो गर्दै सहकार्य गर्नुपर्ने कुरामा जोड दिएका थिए |

एनआरएनए एन एस डब्लुका कोर्डीनेटर एवं कोषाध्यक्ष  देव गुरुङले अस्ट्रेलियामा रहेका सम्पूर्ण नेपालीहरुलाइ एकजुट हुन आव्हान गर्दै  सुदुरपश्चिम समाज अष्ट्रेलियाको नब निर्बाचित कामटिलाई सफल कर्यकालको सुभकामना दिएका थिए |

एनआरएनएकी सचिब सन्ध्या शाहले समाजले स्थापना कालदेखि नै एनआरएनए संग सहकार्य गर्दै आएको र आउने दिनहरुमा पनि अझ नजिकबाट सहकार्य गर्दै जाने बिश्वास ब्यक्त गरिन |

महिला, युवा, खेलकुद सुचना प्रबिधि र अन्तराष्ट्रिय सम्बन्ध लगाएतका समितिहरू पनि बनाएको छ ।

यस्तै तोरण अवस्थी, शन्ध्या शाह, सुकृति भट्ट, राकेश जोशी, शुशिल सिंह, केशब जोशी, भुपेन्द्र कुवर, हेमराज भट्ट  स्वतन्त्र प्रताप शाह सल्ल्हकारमा चयन गएका छन् ।

Make your Vote Count this Federal Election