MENU

नर्दन टेरिटोरीमा लेबरले सरकार बनाउने निश्चित

Nepalese Australian
Michael Gunner
बर्तमान चिफ मिनिस्टर एवं लेवर नेता माइकल गनर Photo Facebook/Michael Gunner

डार्विन । शनिबार २२ अगस्टमा राज्य सरकार गठनको लागि नर्दन टेरिटोरीमा भएको चुनावमा सत्तारुढ लेबर पार्टी पुन सरकारमा जान बहुमत ल्याउने प्रस्ट देखिएको छ । राज्यको २५ वटा सिटका लागि  भएको चुनाबको सोमबार अपरान्ह सम्मको नतिजा अनुसार लेवर पार्टीले १२ सिट जितेर अग्र स्थानमा रहेको छ ।

एबिसिले दिएको पछिल्लो अपडेट अनुसार विपक्षि कन्ट्रि लिभरल पार्टीले चार सिट जितेको छ भने दुई स्थानमा स्वतन्त्र उम्मेदवार बिजयी भएका छन् । नतिजा सार्वजनिक नभएको सातवटा सिटहरु भने अझै शंकाको घेरामा रहेका छन् ।

बर्तमान चिफ मिनिस्टर एवं लेवर नेता माइकल गनरले सबै मतदाताहरुलाई धन्यवाद दिदै बहुमतको सरकार बनाउने आत्मबिस्वास आफुलाई भएको बताएका थिए । दुई स्वतन्त्र उम्मेद्धवारसँग मिलेर सरकार बनाउने बारेमा आफुले कुनै किसिमको सहमति नगर्ने पनि नेता गनरले संचारमाध्यमा बताए ।

लिभरल पार्टीको साख जोगाउँदै ३६ बर्षिय विपक्षि नेता लिन फिनासियारो

सन् २०१६ सालको चुनावमा ठूलो पराजय भोगेको कन्ट्रि लिभरल पार्टी (सिएलपी) ले चार बर्ष पछि भएको चुनारमा केही सुधार गरेको छ । अघिल्लो चुनाबमा २५ सिट मध्ये मात्र दुई सिट जितेको थियो ।

जम्मा ३६ बर्षिय बिपक्षि नेता लिन फिनासियारो शनिवारको चुनावी नतिजाबाट पार्टीले केही सुधार गरेको बताउँदै सम्पूर्ण टोरोटेरी बासीको आशाको पार्टी कन्ट्रि लिभरल बन्ने दाबी गरिन ।

यसैगरी पूर्व चिफ मिनिस्टर टेरी मिल्सको टेरिटोरी अलाइन्स पार्टीले दुइ सिटमा अग्रता लिएको छ भने स्वयम मिल्स भने पाराजय हुने निश्चित देखिन्छ ।

नेपाली समुदाय आशाबादी

यसैबीच नर्दन टेरिटोरीमा उदाउँदो सुमदायको रुपमा परिचित नेपाली समुदयका सदस्यहरूले पनि सक्रिय भएर यो चुनाबमा भोट हालेका छन् । १२ बर्षदेखि डार्विमा बस्दै आएका शम्भु कँडेलका अनुसार यो चुनाबमा नेपाली समुदायलाई यहाँका सबै राजनीतिक दलहरुले महत्व दिएका थिए ।

नेपाली समुदायले उठाएका सरोकारका कुराहरु नेताहरुले ध्यन दिएर सुनेको कँडेलको अनुभव रहेको छ । आगामी दिनहरुमा टेरिटोरी सरकारसँग अझै सहकार्य गर्न सकिने कुरामा आफू आशाबादी रहेको कँडेलले नेप्लिज अस्ट्रेलियनलाई बताए ।

नर्दन टेरिटोरीमा मतगणना अझै जारी रहेको छ ।