MENU

नेपालमा एकै दिन १ सय १४ जनामा कोरोना संक्रमण

नेपालमा आज एकै दिन हालसम्मकै सबैभन्दा धेरै १ सय १४ जनामा  कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बुधबार एकै दिन १ सय १४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार रौतहटमा ३५,  झापामा १७, बाँकेमा १६,  दाङमा १५, सुर्खेतमा १५,बारामा  ८, बागलुङमा ६, रुकुमपूर्वमा ३, सिरहामा २, र मकवानपुरमा १ जनामा स्ंक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा संक्रमितहरुको कुल संख्या ८८६ पुगेको छ।

तीमध्ये १८३ जना संक्रमणमुक्त भएका छन् भने अहिलेसम्म कोरोना भाइरसका कारण ४ जनाको निधन भएको छ।