MENU

विद्यार्थीले पढाई अनुसारको जागिर कसरी पाउँने ? ‘रोजगारीका लागि भर्चुअल परामर्श’

सिड्नी । गैर आवासीय नेपाली संघ न्यू साउथ वेल्स राज्य समिति अन्तर्गतको युथ  फोरमले अस्ट्रेलियामा पढ्ने विद्यार्थीहरुलाई रोजगारीको खोजिमा सहज बनाउने उदेश्यले मासिक भर्चुअल परामर्श कार्यक्रमको आयोजना गर्दैछ ।

गैर आवासीय नेपाली संघ न्यू साउथ वेल्स राज्यको युथ फोरमका संयोजक अरुण गौतमका अनुसार पहिलो भर्चुअल सम्वाद जुलाई २६ मा  हुँदैछ । नेपाली समूदायकै विभिन्न क्षेत्रका बिषय विज्ञ तथा जीवनका सफल पात्रहरुका बीचमा विद्यार्थीहरुलाई सहभागी  गराईने गौतमले नेप्लिज अस्ट्रेलियनलाई बताए ।

प्रत्येक महिना हुने भर्चुअल परामर्श कार्यक्रमा अस्ट्रेलियामा पढाई अनुसारको रोजगारी कसरी पाउन सकिन्छ भन्ने बारेमा अनुभवी सहजकर्ताहरुले विद्यार्थीहरुलाई प्रोत्साहीत गराउने छन् ।

उक्त भर्चुअल कार्यक्रमा हेल्थ केयर एण्ड सोसियल अस्सिटेण्ट, रिटेल ट्रेड , कन्ट्रक्सन, प्रोफेशनल साईन्टिफिक्स एण्ड टेक्निकल सर्भिस, एजुकेसन एण्ड ट्रेनिङ्ग, मन्यिूफक्याचरिङ अकोमेन्डेसन एण्ड फुड सर्भिस, ट्रन्स्पोट, पोस्टल एण्ड वायर हाउस लगायतका विभिन्न क्षेत्रमा विद्यार्थीहरुले कसरी रोजगारी खोज्ने भन्ने बारेमा सम्वन्धित क्षेत्रका दक्ष र अनुभवी ब्यक्तित्वहरुले भर्चुअल परामर्श दिईने छन् ।

न्यू साउथ वेल्समा रहेका  युवा सम्बन्धि संघ संस्थाहरुलाई भर्चुअल कार्यक्रममा सहयोग गर्न आयोजकले आग्रह गरेको छ ।   हालसम्म नेपाली युथ फोरम अस्ट्रेलियाले कार्यक्रममा एक्यबद्धता जनाउदै सहकार्यगर्ने गर्ने गाैतमले जानकारी दिए ।  युथ फोरमले कोभिड १९ महामारीकै बीचमा विद्यार्थीहरुको रोजगारीको समस्यालाई लिएर गर्न लागिएको यो नै पहिलो भर्चुअल कार्यक्रम हो ।

यस कार्यक्रम बारे थप जानकारीका लागि निम्न ब्यक्तिहरूलाई सम्पर्क गर्नु सक्नु हुनेछ ।

अरुण गौतम : ०४५१०५१९११, अजय गिरी  : ०४५१९८२८८४, बिराज केसी : ०४५२४९२४९३, रन्जितराज वन्त : ०४५१५०७२८६