MENU

जी एन सी फुटबलको २१ औं संस्करण सम्पन्न; बेनी फुटबल क्लबलाई उपाधी

Gurkha Nepalese Community 21st Football League 2020 Champion Beni FC
Gurkha Nepalese Community 21st Football League 2020 Champion Beni FC

सिड्नी । गोर्खा नेप्लिज कम्युनिटीको आयोजनामा अस्ट्रेलियाको सिड्नी स्थित चेष्टरहिलको नर्फोड पार्कमा सम्मपन्न भएको २१ औं संस्करणको ओली एण्ड एसोसिएट जि एन सी लिग र शिल्डको उपाधी  बेनी फुटबल क्लबले जितेको छ ।

जि एन सीका खेलकुद संयोजक राजिब प्रधानका अनुसार बेनी एफ सीले आफ्नो अपराजित यात्रालाई कायम राख्दै १२ टिम सहभागी रहेको लिग तर्फ ९ जित र २ बराबरी खेल खेल्दै २९ अकंका साथ दोस्रो पटक लिगको उपाधी उचाल्न सफल भएको थियो ।

लिगको दोस्रो, तेस्रो र चौथो स्थानमा क्रमश द राइजिङ गोर्खा, माछापुच्छ्रे र सगरमाथा क्लबहरु रहेका थिए । लिग चरणका खेलहरु सकिएपछि सेमिफाइनल खेलमा बेनी एफसीले सरगमाथा र द राइजिङ गोर्खाले माछापुच्छ्रे क्लबलाई पराजित गर्दै जिएनसी शिल्डको फाइनलमा प्रवेश गरेका थिए ।

लिगको टप ४ टोलीबीच भएको जिएनसी शिल्डको प्रतिस्प्रर्धा पछिको फाइनल खेलमा बेनी एफसीले द राइजिङ गोर्खालाई टाइब्रेकरमा २ का बिरुद्ध ४ गोलको अन्तरले पराजित गर्दै जिएनसी शिल्डको पनि उपाधी उचाल्न सफल भएको थियो ।

निकै प्रतिस्प्रर्धात्मक भएको फाइनल खेलमा निर्धारित समय भित्र खेल एक एक गोलको बराबरीमा सकिएको थियो र थप गरिएको समयमा दुबै टिमबाट कुनै गोल हुन नसक्दा खेल टाइब्रेकरमा पुगेको प्रधानले नेप्लिज अस्ट्रेलियनलाई बताए ।

द राइजिङ गोर्खाको तर्फबाट प्रहार गरिएको ४ प्रहार मध्ये २ प्रहारलाई बेनी एफ सीका गोल किपर बिबेक अधिकारीले बचाएका थिए भने बेनी एफसीको ४ प्रहार गोलमा परिणत भएको थियो ।

The Rising Gurkha Football Club
The Rising Gurkha Football Club

जिएनसी लिग अन्तरगतको ३५ वर्षभन्दा माथिको उमेर समूहको लिग खेलको उपाधी माछापुच्छे क्लबले हात पारेको छ । जी एन सीका सचिव इराज थापाका अनुसार ६ टिम रहेको सो समूह खेलमा १३ अकंका साथ माछापुच्छे क्लबले उपाधी माथि कब्जा जमाएको थियो ।

त्यस्तै ३५ वर्ष भन्दा माथिको उमेर समूहको जिएनसी शिल्ड तर्फको उपाधीको लागि भएको फाइनल खेलमा पारापार्क फुटबल क्लबले हिमालयन यूथ क्लबलाइ १ विरुद्ध ३ गोलको फराकिलो अन्तरले पराजित गर्दै पहिलो पटक उपाधी उचाल्न सफल भएको थापाले जानकारी दिए ।

Parra Park Football Club
Parra Park Football Club

बेनी एफसीका गोलकिपर बिबेक अधिकारी फाइनल खेलका म्यान अफ द म्याचका साथै प्रतियोगिता भरका उत्कृष्त गोलकिपर घोषित भएका थिए । बेनी एफका सबल बानियाँ प्रतियोगिता भर १४ गोल गर्दै हाइस्कोर घोषित भएका थिए । द राजिङ गोर्खाका प्रनिश रञ्जित सर्वोकृष्ट खेलाडी घोषित भएका थिए ।

खेलपछि बिजयी क्लब र खेलाडीहरुलाई ट्रफी, शिल्ड र प्रमाणपत्र प्रदान गरिएको थियो । पुरस्कार वितरण समारोहमा बोल्दै गोर्खा नेप्लीज कम्युनिटीका अध्यक्ष जीतमान लिम्बुले २१ वर्ष अघि शुरु भएको यो गिल बिभिन्न आरोह अवरोह पार गर्दै यहाँ सम्म ल्याउन सफल भएकोमा सहयोगि सबैलाई धन्यवाद दिएका थिए ।

कार्यक्रममा प्रमुख प्रयोजक ओली एण्ड एसोसिएटका निदेर्शक भवानी ओलीले अस्ट्रेलियाको प्रमुख नेपाली फुटबल लिग संचालन गर्न निरत्तरता सहकार्य गर्न पाएकोमा खुशी ब्यक्त गरेका थिए । उनले खेलाडी र क्लबहरुलाई पुरस्कार वितरण गरेका थिए ।

गोर्खा नेप्लिज कम्युनिटीको आयोजनामा हरेक बर्ष जी एन सी लिग, ३५ बर्ष माथिको भेट्रान लिग र माइनर लिग फुटबल हुनेगरेको छ ।

कोरोना भाइरसको प्रकोपका कारण गएको मार्च महिनादेखि अबरुद्ध यो प्रतियोगिता अक्टोबर १८ बाट पुन संचालनमा आएको थियो ।