MENU

एक साताभित्रै देशभरको मतपरिणाम आइसक्ने आयोगको अनुमान

Voting right for overseas Nepalese
Election Commission, Nepal (EC)

काठमाडौं– निर्वाचन आयोगले अबको एक साता भित्रमा देशभर स्थानीय तहको निर्वाचनको मतपरिणाम सार्वजनिक भइसक्ने जनाएको छ।

आयोगका प्रवक्ता एवम् सहसचिव शालिग्राम शर्मा पौडेलले एक साता भित्रमा देशभरको मतपरिणाम सार्वजनिक भइसक्ने आयोगले अनुमान गरेको जानकारी दिए।

‘२० प्रतिशत क्षेत्रमा आजै मतगणना सुरु हुन्छ। ८ बजेसम्म मतपेटिका आइसक्छ। अनि दलहरुबीच छलफल र सहमतिपछि मतगणनाको काम सुरु हुन्छ,’ उनले भने,‘गणनाको मुख्य जिम्मेवारी मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नै हो। आयोगले नीतिगत सहयोग र स्रोत जुटाइदिने काम गर्छ।’

उनले छिटफुट रुपमा केही स्थानमा मतदान प्रभावित भए पनि समग्रमा देशभर शान्तिपूर्ण रुपमा नै मतदान भएको जानकारी दिए।