MENU

प्रकाश बस्ताकोटीको नेतृत्वमा गोरखा समाज अस्ट्रेलियाको नयाँ कार्यसमितिको चयन

Gorkha Samaj Australia
सिड्नी । अस्ट्रेलियामा रहेका गोर्खालीहरूलाई एकताबद्ध गर्ने उद्देश्यका साथ खोलिएको गोरखा समाज अष्ट्रेलियाको चौथो साधरण सभा सम्पन्न भएको छ । सिड्नीको मेरिल्याण्डमा साधारणसभा गरिएको हो ।

कार्यक्रममा बिभिन्न सँस्थाका प्रतिनिधिहरू, समाजका अग्रज तथा बौद्धिक व्यक्तित्वहरु, सञ्चारकर्मीहरुको उपस्थिति थियो । साधारणसभाले नयाँ नेतृत्व चयन गर्नुका साथै आगामी कार्ययोजना तय गरेको छ ।

साधारणसभाबाट प्रकाश बस्ताकोटी अध्यक्ष चुनिएका छन् । यस्तै कार्यसमितिको उपाध्यक्षमा आनन्द श्रेष्ठ, महासचिबमा योगेन्द्र जोशी, सचिबमा ऋतु श्रेष्ठ, कोषाध्यक्षमा ज्ञानु पोखरेल र सह कोषाध्यक्षमा कृष्ण् भट्टलाई मनोनित गरिएको छ । यस्तै रन्जित राज वन्तलाई संस्थाको जन सम्पर्क अधिकारीको रुपमा मानोनयन गरिएको छ ।

अन्य कार्यकारी सदस्यहरुमा ईश्वर दाहाल, दिनेश श्रेष्ठ, सुरेन्द्र दुवाडी, हरि मल्ल, राधा ढकाल, रञ्जन देबकोटा, सन्तोष तिवारी,  संजीव अमगाई, गणेश भट्ट, रमिला पोखरेल सुजन श्रेष्ठ, प्रेम खड्का, संजिब खत्री र अन्जन श्रेष्ठ छन् ।

साधारणसभामा बोल्दै नवनिर्बाचित अध्यक्ष वस्ताकोटीले गोरखा र समग्र नेपालसंग निकट रहेर बिभिन्न कार्यक्रमहरु गर्दै जाने प्रतिवद्धता ब्यक्त गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि न्यू साउथवेल्सका लागि नेपाली महाबाणिज्यदूत दिपक खड्काले सबै मिलेर मात्रै सामाजिक काम सफल गर्न सकिने भन्दै सामाजिक एकतामा जोड जोड दिएका थिए ।

कार्यक्रममा एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष तथा न्यू साउथवेल्स राज्यसमिति संगोजक देब गुरुङ, सिड्नी साउथ वेस्ट नेपाली समाजका डा. देवेन्द्र सापकोटा लगायत विविध नेपाली संघसंस्थाका प्रतिनिधिहरु उपस्थित रहेको थियो ।

निर्वाचन समितिका तर्फबाट संस्थाका सल्लाहकारद्वय डिल्ली ढकाल र उमेश पन्तले नवनिर्वाचित पदाधिकारीहरुलाई पद तथा गोपनियतानको शपथ गराएका थिए ।