MENU

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी मोदीबीच स्कटल्यान्डमा द्धिपक्षीय भेटवार्ता

Prime Minister Sher Bahadur Deuba and his Indian counterpart Narendra Modi have held a bilateral meeting on the sidelines of COP26 in Glasgow, Scotland, on Tuesday November 02,2021.
Prime Minister Sher Bahadur Deuba and his Indian counterpart Narendra Modi have held a bilateral meeting on the sidelines of COP26 in Glasgow, Scotland, on Tuesday, November 02, 2021.

ग्लास्गो । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज स्कटल्यान्डमा द्धिपक्षीय भेटवार्ता भएको छ । राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–२६) साइडलाइनमा उनीहरुबीच भेटवार्ता भएको हो ।

सो भेटवार्तामा नेपालको तर्फबाट प्रधानमन्त्री देउवासहित परराष्ट्र सचिव भरतराज पौड्याल तथा भारतको तर्फबाट मोदीसहित विदेशमन्त्री एस जयंशकर सहभागी थिए ।

देउवा र मोदीबीच सोमबार बेलुका पनि विश्व नेताहरुको सम्मेलनको दौरानमा अनौपचारिक भेटवार्ता भएको थियो । सो क्रममा आफूहरुबीच हिमालय क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरविरुद्ध मिलेर लड्न र दिगो विकासमा सहकार्य गर्नेबारे छलफल भएको देउवाले जनाएका छन् ।

देउवा र मोदीले मिलेर जलवायु संकटविरुद्ध लड्ने प्रतिबद्धता जनाएको जनाइएको छ । मोदीले पनि ट्वीटरमार्फत दिगो विकासको क्षेत्रमा मिलेर कार्य गर्ने बताएका छन् । नेपाली समकक्षीले ग्लास्गो सम्मेलनमा हिमालमा जलवायु संकटलाई महत्वका साथ उठान गरेको मोदीले जनाएका छन् ।

याे पनि पढ्नुहाेस् ।

विदेशी नागरिकता लिइसकेका नेपालीलाई मताधिकार दिन सकिंदैन : देउवा