MENU

तामाङ सोसाइटी अफ न्यु साउथ वेल्सको अध्यक्षमा सुन्दोर्जे

सिड्नी । अस्ट्रेलियामा तामाङ सोसाइटी अफ एन.एस. डब्लुको नयाँ कार्यसमिति चयन भएको छ । सिड्नीमा सम्पन्न साधारण सभाले सुन्दोर्जे तामाङ्लाई अध्यक्षमा निर्बीरोध चयन  गरेको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा अनिल तामाङ्, अबिरल तामाङ् र बिशाल तामाङ रहेका छन् ।

त्यसैगरी महासचिबमा ज्ञानक बाइवा, सचिबमा रोश्मी तामाङ्, कोषाध्यक्षमा कमल तामाङ्, सह कोषाध्यक्षमा प्रबिण पाख्रिन,सास्कृतिक संयोजकमा सुबास तामाङ् ,युवा संयोजकमा योन्जी तामाङ्, प्रबक्तामा किशोर लामा र  मिडिया एण्ड पब्लिकेसनमा सरु तामाङ् र स्टुडेण्ट संयोजकमा मोबित लामा चयन भएका छन् ।

नवनिर्वाचित अध्यक्ष तामाङले  आफ्नो कार्यकालमा समुदायको भाषा, कला धर्म र संस्कृतिको प्रवर्द्धन तथा संरक्षणमा बढी केन्द्रित हुने नेप्लिज अस्ट्रेलियनलाई बताए । तामाङ सोसाइटी अफ एनएस डब्लुले महामारीको समयमा समस्यामा परेका विद्यार्थीहरूलाई   सहयोग समेत गरेको थियाे ।

केही हप्ता भित्रै २३ सदस्य कार्यसमितिले पूर्णता पाउने अध्यक्ष तामाङले जानकारी दिए ।साधारण सभामा सस्थापक सल्लाहकार गणेश तामाङ्, र निबर्तमान अध्यक्ष दिल तामाङ् र सल्लाहकार निमा बम्जनले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामा दिएका थिए ।

सोसाईटीका अनुशार न्यु साउथ वेल्समा मात्र करिव ५ सय भन्दाबढी  तामाङ समुदायको बसाेबास रहेकाे तथ्यांक  छ ।