MENU

तास्मानियामा तीजको रौनक; डेभनपोर्टका युवाहरू दर पकाउन आफै कस्सिए


डभेनपोर्ट । कोरोना भाइरस प्रतिबन्धका कारण अस्ट्रेलियाका मुख्य सहरहरूमा तीजका कार्यक्रम प्रायः सुनसान भएका बेला तास्मानियामा भने तीजको रौनक बढेको छ। होबार्ट देखि बर्नि सम्मका विभिन्न सहरहरूमा बसोबास गर्नै नेपालीहरूले तीजका विभिन्न कार्यक्रम गरेर मनाएका छन् ।
जस मध्ये गत आइतबार डेभनपोर्ट नेप्लिज कम्युनिटीले आयोजना गरेको तीज कार्यक्रमको दृश्य भने फरक थियो ।

चेटिबेटीलाइ दर पकाउन युवाहरू आफै कस्सिए

नर्थ वेस्टमा बस्ने चेलीबेटीहरूका लागि डेभनपोर्टबासी नेपाली युवाहरूले आफै दर पकाएर चेटिवेटीहरुलाइ मनोरञ्जनात्मक कार्यक्रम सहित दर खुवाउने कार्यक्रम आयोजना गरे । करिब १ सय ८० भन्दा बढी पाँहुनाहरुलाइ पुग्ने दर युवाहरूले स्थानीय स्रोत साधनको प्रयोग गरी आफै पकाएका थिए ।चेलीबेटीहरुलाइ दर पकाउन कार्यक्रम शुरु हुनुभन्दा केही दिन अघि देखिनै ३० जना युवाहरु सक्रिय रुपमा खटिएका थिए ।

करिब २ सय भन्दा बढी नेपाली रहेको समुदायमा १ सय ८० भन्दा बढीको उपस्थितिमा तीज कार्यक्रम आयोजना गरिएको थियो ।स्थानीय युवाहरू सुवास मिश्र, चेतन कँडेल, वासुदेव सापकोटा (देब), छत्र शंकर, अनन्त उपाध्याय र उत्तम कँडेल लगायतको समूहले कार्यक्रम आयोजकको भूमिका खेलेको थियो ।

आयोजक मध्येका चेतन कँडेल भन्छन् ”हाम्रो कार्यक्रमलाई केही दाताहरूले सहयोग गरेका थिए, हामी क्याटिरिङ्लाइ नै जिम्मा दिएर भए पनि दिदी बहिनीहरूलाई दर खुवाउन सक्थ्यौ। तर, त्यो अभ्यासले फिल्म हलमा टिकट काटेर सिनेमा हेर्न गए जस्तो मात्र हुन्छ।” उनले थपे ” फिल्म हेरुन्जेल सँगै बसिन्छ, फर्केर आउँदा एकले अर्कालाई चिन्दैन । समुदायले गर्नै कार्यक्रमहरुमा क्याटरिङ्को काम आफै गर्ने हो, भने समुदायमा मितब्यीता र अपनत्व पैदा गर्दछ र फिल्म हेर्न गएजस्तो हुँदैन।”

दर पकाउने कार्यक्रममा सहभागी मध्येका पूर्ण चन्द्र नेपाल भने निकै खुशि देखिन्थे । उनले भने धरैपछि गाँउ घरमा कसैको विहे वर्तबन्धनको लागि तयारी गरिरहेको आभाष मिल्यो।”

चेलिबेटीको नृत्य मोह

डेभनपोर्टको तीज कार्यक्रमा तीजका मौलिक तथ्य आधुनिक गीतमा नेपाली चेलीहरूले लोभ लाग्दो नृत्य गरे । करिब ५ घण्टा दिदी बहिनीहरूको समूहले चरण चरणमा नृत्य प्रदर्शन गरेका थिए ।