MENU

नेपालको दुर्गम क्षेत्रका नाममा एक अस्ट्रेलियनको ठगी धन्दा

Nepalese Australian

Nepal project Andrew James Williamson

मेलबर्न । अस्ट्रेलियामा बेला बेला नेपालीले नेपालीलाईनै ठगेका घटनाहरु सार्वजनीक भइरहेका बेला अस्ट्रेलियाको एक स्थानीय निकायका पूर्व कर्मचारीले भने समाजसेवाका नाममा नेपालीलाई ठगेको समाचार बाहिरिएको छ ।

उनले अस्ट्रेलियामा बस्ने नेपालीलाई हैनकी नेपालको दुर्गम क्षेत्रमा बस्ने नेपालीका नाममा करिव चार करोड नेपाली रुपैया दुरुपयोग गरेको समाचार अस्ट्रेलियाबाट प्रकाशित हुने सिड्नी मर्निङ हेराल्डले छापेको छ ।

अस्ट्रेलियाको मेलबर्न स्थित फ्रान्कस्टन सिटी काउन्सीका पूर्व व्यवस्थापक एन्ड्रयू जेम्स विलियमसनले “नेपाल  प्रोजेक्ट” का नाममा ठगी गरेको मंगलबार स्थानीय अदालत समक्ष  स्विकार  गरेका छन् ।

उनलाई चार लाख ६० हजार डलर रकम उनकी प्रेमिकासँग मिलेर ठगी गरेको आरोप लागेको थियो । गत महिना ४५ वर्षिय काउन्सीलका पूर्वाधार व्यवस्थापक रहेका विलियमसनमाथि विभिन्न आरोपहरु प्रमाणित भएका थिए ।

जसमा सन् २०१६ र २०१७ मा ४ लाख ६० हजार ८ सय ७० डलर बराबरको गलत भरपाई तथा ठगीको माध्यमबाट सम्पती आर्जन गरेको आरोप समेत प्रमाणित भएको थियो ।

(वकिल) ह्यूगो मुडीले भिक्टोरिया कन्ट्री कोर्टलाई मंगलबार भने कि विलियमसनले ३ लाख ४६ हजार ५ सय ५४ डलर आफैले राखेको तथा अधिकांश रकम नेपाल प्रोजेक्ट नामक परोपकारी संस्था स्थापनार्थ सहयोग गरेका थिए ।

कोर्टको सुनुवाइको क्रममा विलियमसनले करिब २ लाख डलर उक्त संस्था स्थापना गर्न तथा दान प्राप्त गर्नका लागि विज्ञापन, परामर्शदाता, कार्यालयको सामान खरिद तथा नेपालको यात्राका लागि खर्च गरेको बताएका थिए ।

ठगीको शैली

मुडीले भने कि विलियमसनले आफ्नी प्रेमिकालाई आफूले बढी आम्दानी गरिरहेको भनी देखाउन काउन्सिलमा आफ्नो पारिश्रमिक कृत्रिम रुपमा बढाउनलाई ५६ हजार डलर खर्च गरेका थिए ।

विलियमसनले त्यति खेरको प्रेमिकाको नेपाली प्रोजेक्टलाई दिन करिब ९१ हजार डलर चोरेको समेत स्वीकार गरे । उनले उक्त प्रेमिकाको घरलाई मर्मत गर्न तथा रेस्टुरेन्टमा खाना खान तथा हप्तामा बाहिर जानका लागि २० हजार डलर खर्च गरेको स्वीकार गरे ।

काउन्सीलमा सन् २०१६ को अप्रिल महिनाबाट काम गर्न सुरु गरेको विलियमसनले क्विन्सल्याण्डबाट बसाई सर्दा उधारो चुक्ता, क्रेडिट कार्ड विलका लागि ७० हजार डलर खर्च गरेको तथा २० हजार डलर घाटामा गएको व्यवसायमा लगाएका थिए ।

“प्रेमिकालाई गलत तरिकाले प्रभावित पार्न आफूले ठूलो रकम आम्दानी गरेको देखाउन तथा तथा स्वयम सम्पन्न भएको देखाउन विलियमसनले ठगी गरेका थिए,” कोर्टका न्यायाधिश जर्ज जर्जियनले बताए ।

विलियमसनले आफूले सन् २०१७ मे महिनामा अ गुड इलेक्ट्रिसियन नामक कम्पनीको संचालक एडेन मागनिकलाई झुठो विल बनाउन लगाएर करिब ६५ लाख ५ सय ३० डलर ठग्ने प्रयास गरेको स्विकार गरे ।

काउन्सीलले करिब ३.५ मिलियन डलर बराबर खर्चको हिसाव किताव गर्ने क्रममा विलियमसनको ठगीको बारेमा थाहा पाएका थिए । फ्रान्कस्टन सिटी काउन्सीले विलियमसनसंग ४ लाख ६० हजार ८ सय ३२ डलर मागदावी गरेको छ विलियमसनमाथिको सजाय सुनाई सेप्टेम्बरमा  हुनेछ ।

प्रथम पटक प्रकासित सिड्नी मर्निङ हेराल्ड, मंगलबार १८ अगस्ट । बाईलाइन -डेभिल स्टकोट