MENU

नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार ५६४ पुग्यो

काठमाडौं, नेपाल ।

मंगलबार नेपालमा थप ३ सय १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

७१ महिला र २ सय ४५ पुरुष गरी ३ सय १६ जना संक्रमित थपिएका पछि नेपालमा कोरोना संक्रमितको संख्या मंगलबारसम्म १३ हजार ५ सय ६४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

महिला १ हजार ६ सय ५७ र पुरुष ११ हजार ९ सय ७ रहेका छन्।

पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा ४ हजार ७ सय ११ जनाको कोरोना परीक्षण गरिएको थियो ।

अहिलेसम्म पीसीआर विधिबाट २ लाख २८ हजार ३ सय ४१ जनाको परीक्षण भएको छ।

मंगलबार ९ महिला र ५१ पुरुष गरी ६० जना डिस्चार्ज भएका छन्।

योसँगै आजसम्म कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज हुनेको संख्या २ सय ७७ महिला र २ हजार ९ सय १७ पुरुष गरी ३ हजार १ सय ९४ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

नेपालमा अहिलेसम्म २९ जनाले कोरोनाको संक्रमणबाट ज्यान गुमाइसकेका छन्।