MENU

नागरिकता विधेयक र निर्वाचनबारे राष्ट्रपतिले गरिन् प्रधानमन्त्री देउवासँग छलफल

A meeting was held between  President of Nepal Bidyadevi Bhandari and Prime Minister of Nepal  Sher Bahadur Deuba on Monday 29 August
A meeting was held between President of Nepal Bidyadevi Bhandari and Prime Minister of Nepal Sher Bahadur Deuba on Monday 29 August

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवासँग नागरिकता विधेयक र चुनावबारे चासो व्यक्त गरेकी छन्।

सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवालाई राष्ट्रपति कार्यालय शितल निवासमा बोलाएर नागरिकता विधेयकका बारेमा चासो व्यक्त गरेकी हुन्। छलफलका लागि प्रधानमन्त्री देउवा, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थाप, सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की सहितका शीर्ष नेताहरु शितल निवास पुगेका थिए।

छलफलपछि सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रपतिले नेपालको नागरिकता पहिलो संशोधन विधेयक र आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको तयारी बारेमा चासो लिएको बताएका छन्।

मन्त्री कार्कीले भने, नागरिकता विधेयक र निर्वाचनबारे हामीले प्रष्ट पार्‍याैं। विगतमा केपी ओली सरकारले अध्यादेश ल्याएका अध्यादेशअनुसार नै विधेयक अहिले पार्लियामेन्टले पास गरेको हो।’

राष्ट्रपति भण्डारीले निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन समेत आग्रह गरेको मन्त्री कार्कीले जानकारी दिए।

याे पनि पढ्नुहाेस् ।

काठमाडौंमा अवैध संरचना भत्काउन डोजर चल्यो