MENU

अस्ट्रेलियामा ८५ बर्षिया वृद्धालाई ठगी गरेको आरोपमा दुइजना नेपाली पक्राउ

सिड्नी, अष्ट्रेलिया ।

अष्ट्रेलियामा गएको शुक्रबार एक वृद्धालाई ठगी गरेको आरोपमा दुई नेपाली पक्राउ परेका छन् ।

८५ बर्षिया ती वृद्धाको उजुरीपछि, कम्बरल्याण्ड प्रहरीले दुई नेपालीलाई पक्राउ गरेर अनुसन्धान थालेको न्यु साउथवेल्स प्रहरीले आफ्नो वेभसाईट मार्फत जानकारी दिएको हो ।

ती वृद्धाले आफुलाई बैंकका कर्मचारी हुँ, भन्दै फोन गरिएको र नयाँ एकाउण्ट खोल्नका लागि तीन हजार अष्ट्रेलियन डलर लाग्ने बताएपछि आफ्नो घरमै आएका मानिसहरुलाई सो रकम दिएको बताएकी प्रहरीले जनाएको छ ।

सो रकम, उनको खातामा जम्मा हुने बताइए पनि ठगीमा संलग्नहरुले थप पाँच हजार आवश्यक हुने बताएपछि ती बृद्धा प्रहरीको शरणमा पुगेकी थिइन् ।

त्यसपछि प्रहरीले ठगीमा संलग्न २२ वर्षीया नेपाली युवती र १९ वर्षीय नेपाली युवालाई सोमबार अष्ट्रेलियाको स्थानीय समय अनुसार साढे ४ बजे पक्राउ गरिएको जनाएको छ ।

उनीहरुमाथि पाँचौं र तेस्रो दर्जाका दुइवटा मुद्दामा लगाइएको छ।

दुवैलाई पारामट्टा स्थानीय अदालतमा उपस्थित गराइएको र अदालतले जमानतमा नछाडेपछि उनीहरु प्रहरी हिरासतमै रहने भएका छन् ।

अदालतको अर्को सुनुवाइ अगष्ट २० मा हुनेछ ।