MENU

अष्ट्रेलियामा ‘ड्रिम फेष्ट’ आयोजना हुँदै

The biggest and most beautiful Nepali music festival ‘Dream Fest’ is going to be held in Sydney, Australia, by the national artists of Nepal. Albatross is a Nepali rock band from Kathmandu,
The biggest and most beautiful Nepali music festival ‘Dream Fest’ is going to be held in Sydney, Australia, by the national artists of Nepal.

सिड्नी । अष्ट्रेलियाको सिड्नीमा नेपाली म्युजिक फेष्टिबल ‘ड्रिम फेष्ट’ हुने भएको छ । आगामी सेप्टेम्बर २३ तारिख हुने कार्यक्रमलाई मार्कक्यु होम्सले आयोजना गर्दैछ भने इभेन्ट म्यानेज ड्रिम हाइट्सले गरेको छ ।

अष्ट्रेलियामा पहिला सानो सानो कार्यक्रम हुने गरेकोमा यो अहिलेसम्मकै सबैभन्दा ठूलो र भव्य नेपाली म्युजिक फेष्टिबल हुने आयोजकको दाबी छ ।

सन् २०१२ देखि अष्ट्रेलियाको विभिन्न कार्यक्रम गर्दै आएको ड्रिम हाइट्स इभेन्ट कम्पनीको दशौं वाषिर्कोत्सवको अवसरको उपलक्ष्यमा ‘ड्रिम फेष्ट’ हुन लागेको हो ।

यो कार्यक्रम सिड्नीको मोर पार्कस्थित होर्डेन पेभिलियनमा २३ तारिख शुक्रबार बेलुका ६ बजेबाट सुरु हुने जनाइएको छ ।

झण्डै ५५ सय जनाको क्षमता भएको होर्डेन पेभिलियनमा यसभन्दा पहिला इपीक क्लापटन, एसी/डिसी, निर्भाना, दीप पर्पललगायतले आफ्नो प्रस्तुती दिइसकेका छन् । त्यही हलमा ‘ड्रिम फेष्ट’ हुने भएकाले यसलाई महत्वका साथ लिइएको छ । ड्रिम हाइट्सले सिड्नीमा रहेका नेपाली समाजको चाहाना अनुसार कलाकारहरुलाई अष्ट्रेलियामा झिकाएर नेपालीहरुको मन जित्न सफल भइरहेको छ ।

१० वर्षको अवसर पारेर हुने म्युजिकल फेष्टिबलमा नेपालका युवा गायक तथा कलाकार सुशान्त केसी, समीर श्रेष्ठ, र्‍यापर योद्धा र लोकप्रिय ब्याण्ड एलबाट्रसको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

‘ड्रिम फेष्ट’लाई अझै मनोरञ्जनात्मक बनाउनका लागि सिड्नी मै आधारित फाल्चा अष्ट्रेलिया नेपाली रेस्टुरेन्टको फुड स्टल राखेर नेपाली स्वाद पनि चखाउने जनाइएको छ भने कार्यक्रमलाई ग्रेस इन्टरनेशनल एजुकेशन तथा माइग्रेसनले साथ दिएको छ ।

याे पनि पढ्नुहाेस् ।

प्रवासी नेपाली मञ्च अस्ट्रेलियाको अध्यक्षमा केशव जोशी निर्वाचित्र