MENU

ओली एण्ड एसोसिएट्सद्वारा कोरोना भाईरसका कारण प्रभावित बिद्यार्थीलाई सहयोग घोषणा

सिड्नी, अस्ट्रेलिया र नेपालमा बिद्यार्थीहरुको लागि शैक्षिक परामर्श, माईग्रेसन, आयकर र सुपरएनुएसन सम्बन्धी सेवा प्रदान गर्दै आएको ओली एण्ड एसोसिएट्सले कोरोना भाईरसबाट प्रभावित बिद्यार्थीलाई सहयोगको घोषणा गरेको छ ।

ब्यवसायिक सामाजिक दायित्व पूरा गर्दै ओली एण्ड एसोसिएट्सले कोरोना भाईरसका कारण प्रभावित बिद्यार्थीलाई प्रतिव्यक्ति ५० डलर बराबरको आधारभुत ग्रोसरी सहयोग गर्ने घोषणा गरेको हो । यो सहयोग रकम पाउन ओली एण्ड एशोसिएट्सबाट अष्ट्रेलिया आएकै विद्यार्थी हुनुपर्ने छैन ।

प्रवन्ध निर्देशक भवानी ओलीका अनुसार कम्पनीले कोरोना भाईरसको संक्रमणको अवस्थालाई हेरेर बिद्यार्थीहरुलाई आगामी दिनहरुमा थप सहयोगहरू घोषणा गर्दै जानेछ । हाललाई अस्ट्रेलियाका बिभिन्न सहरहरुमा अध्यायनरत नेपाली बिद्यार्थीहरु यस राहत प्याकेजबाट लाभान्वित हुन सक्नेछन् । सहयोग प्याकेजमा सहभागि हुन बिद्यार्थीहरुले यो लिंकमा https://bit.ly/2zatxSR गएर फारम भरी १० मे २०२० भित्रमा पठाउनुपर्नेछ ।

ओली एण्ड एसोसिएट्सले कोरोना भाईरसको संक्रमणको कारण बेरोजगार भएका र दैनिक जीवन यापनमा समेत समस्या भएका विद्यार्थीहरुको लागि गैर आवासीय नेपाली संघ अस्ट्रेलिया र अस्ट्रेलियन एजुकेसन कन्सलटेन्स अलाएन्सको अभियानमा ऐक्यवद्धता जनाइसकेको छ ।

१८ बर्ष अघिदेखि निरन्तर सञ्चालनमा रहेको ओली एण्ड एसोसिएट्सले कसैलाई आफ्नो वा पराई नभनी यस प्रकारको विषम परिस्थितिमा सबैलाई समान रूपमा सहयोग गर्ने उद्देश्यले यो राहत प्याकेज घोषणा गरेको निर्देशक ओलीले बताए ।

ओली एण्ड एसोसिएट्सले अस्ट्रेलियामा व्यवसायिक सामाजिक दायित्व अन्तर्गत गैरआवासीय नेपाली संघ अस्ट्रेलियाका विभिन्न कार्यक्रमहरू, गोर्खा नेप्लिज कम्युनिटीद्धारा संचालित ओली एण्ड एसोसिएट्स कप फुटबल लिग, सेन्ट जर्ज नेप्लिज क्लब, नेप्लिज अस्ट्रेलियन एसोसिएसन चिल्ड्रेन ट्यालेन्ट नाईट, नेपाली रिक्रियसनल क्लब लगायत दर्जनौं सामाजिक संस्था र कार्यक्रमहरुमा निरन्तर सहयोग गर्दै आएको छ ।