MENU

कट–कपी–पेस्ट कमान्ड बनाउने ल्यारी टेस्लरको निधन

कम्प्युटरलाई आममानिसका लागि सुगम बनाउन महत्वपूर्ण योगदान दिएका ल्यारी टेस्लरको निधन भएको छ।न्युयोर्कको ब्रान्क्समा जन्मिएका कम्प्युटर वैज्ञानिक टेस्लर ७४ वर्षका थिए।

कम्प्युटरमा युजर इन्टरफेस विकासको सुरुवाती चरणमा असाधाराण योगदान दिनेमध्येका एक थिए टेस्लर। विशेषगरी उनलाई कट–कपी–पेस्ट कमान्ड बनाउने वैज्ञानिकका रुपमा चिनिन्छ। फाइन्ड र रिप्लेस जस्ता कमान्ड पनि उनैले आविष्कार गरेका थिए।

क्यालिफोर्नियाको स्टेलफोर्ड विश्वविद्यालयमा अध्ययन गरेका उनले सन् १९६० को दशकमा सिलिकन भ्यालीमा करिअर सुरु गरे। सुरुमा जेरोक्स कम्पनीसँग जोेडिएका उनले त्यसपछि एप्पलमा स्टिभ जब्ससँग १७ वर्ष काम गरे।

केही समय अमेजन र याहुमा पनि काम गरेका टेस्लरले एउटा एजुकेशन स्टार्टअप सुरु गरेका थिए।

जेरक्सले उनीप्रति श्रद्धाञ्जली दिंंदै लेखेको छ, ‘कट, कपी, पेस्ट, फाइन्ड र रिप्लेस (ctrl+x, ctrl+c, ctrl+v) र यस्ता धेरै कमान्ड बनाएका जेरक्सका पूर्व रिसर्चर ल्यारी टेस्लर। जसले तपाईंको दैनिकीलाई सहज बनाइदिए, ती व्यक्तिलाई धन्यवाद ! ’