MENU

अप्टसका एक करोड ग्राहकका संवेदनशील जानकारीहरूमथि साइबर आक्रमण

There has been a cyber-attack on the sensitive information of more than eight million customers of the Australian telecommunications company Optus
There has been a cyber-attack on the sensitive information of more than eight million customers of the Australian telecommunications company Optus

अस्ट्रेलियाको दूरसञ्चार कम्पनी अप्टसका एक करोड भन्दा बढी ग्राहकका संवेदनशील जानकारीहरूमथि साइबर आक्रमण भएको छ ।

कम्पनीले उपभोक्ताहरूको जानकारीहरू जोखिममा पार्ने साइबर आक्रमण घटना भएको पुष्टि गरेको छ। साथै उसले उक्त डाटा उल्लङ्घनको अनुसन्धान सुरु गरिएको पनि बताएको छ।

उक्त साइबर आक्रममा  ग्राहकहरूको नाम, जन्म मिति, फोन नम्बर र इमेल ठेगानाहरूका साथै केही उपभोक्ताहरूको संवेदनशील जानकारीहरू जस्तै घरको ठेगाना र लाइसेन्स र पासपोर्ट नम्बरहरू पनि रहेका छन्।

यद्यपि, अप्टसले पेमेन्टका जानकारी तथा खाताका पासवर्डहरू भने नपरेको बताएको छ।

कम्पनीकी प्रमुख कार्यकारी केली बेर रोज्मेरिनले आफू यसबाट विक्षिप्त भएको र प्रायश्चित गर्ने बताएकी छिन्। साथै उनले उपभोक्ताहरूको भलाइका लागि र पारदर्शितालाई ध्यानमा राख्दै यस घटनाबारे जानकारी दिइएको बताएकी छिन्। उसका अनुसार साइबर आक्रमणलाई तत्काल बन्द गरिएको र सङ्घीय प्रहरीलाई खबर गरिएको थियो।

अस्ट्रेलियाको प्रतिस्पर्धा तथा उपभोक्ता आयोगकी डेलिया रिकार्ड उपभोक्ताहरूले सुरक्षित मापदण्डहरू अपनाउनु पर्ने बताउँछिन्, जस्तै बैङ्किङ कारोबार गर्दा थप भेरिफिकेसन अपनाउने।

याे पनि पढ्नुहाेस् ।

नोभेम्बर १९ मा सिड्नीको बरउड पार्कमा नेपाल फेस्टिभल हुने