MENU

कतारबाट झण्डै १५० नेपाली स्वदेश फर्किदै

तश्विर : कतारको दोहास्थित नेपाली दूतावासको फेसबुक

काठमाडाै,  नेपाल ।

कतारको दोहाबाट १४९ जना नेपालीहरु काठमाडौं आइपुग्दै छन् ।

कोरोना भाइरसका कारण विदेशमा रोकिएका तथा समस्यामा परेकाहरुलाई उद्धार गर्ने क्रममा आइतबार कतारबाट १४९ जना नेपालीहरु काठमाडौंका लागि उडेका हुन् ।

उनीहरु दोहाको हमाद अन्तराष्ट्रिय विमानस्थलबाट नेपालका लागि उडि सकेको दोहास्थित नेपाली दूतावासले जनाएको छ ।

नेपाल एयरलाइन्सको सो उडानमा २९ जना सुत्केरी÷गर्भवतीसहित ८२ जना महिला, ३ जना नाबालक तथा ६४ जना पुरुष रहेको नेपाली दूतावासले जनाएको छ ।