MENU

कपास झै ढकमक्क अस्ट्रेलियाकाे स्नाेई माउण्टेन ( फाेटाे फिचर )

पेरिसर । दक्षिणी गोलार्द्ध पुछारमा रहेको तातो भूमी अस्ट्रेलियामा पनि अहिले हिँउको मौसम छ । न्यू साउथ वेल्स र भिक्टोरियाको सीमा नजिक रहेको स्नोई माउण्टेन क्षेत्रका डाँडाहरु हिँउले ढाकेर कपास झै ढकमक्क फुलेका छन् ।

अहिले विद्यालय बिदा भएको समयमा हिँउमा रमाउँन, एक आपासमा हिँउ छ्याप्न र स्की गर्न आन्तरिक पर्यटकहरुको ठूलो भिड यो क्षेत्रमा देखिन्छ । अस्ट्रेलियाको सबै भन्दा अग्लो पर्वत माउण्ट कजस्को पनि यही क्षेत्रमा पर्छ ।

यो क्षेत्रका एक दर्जन भन्दा बढी स्नो फिल्डमा कोभिड १९ का कारण केही  प्रतिबन्ध लागे पनि स्नोई माउण्टेनमा हिँउमा रमाउनेको संख्या कमि छैन ।

अस्ट्रेलियामा हिँउमा खेल्न रमाउनेहरुका लागि हेर्नुहोस पेरिसर भ्यालीका केही तस्विरहरु