MENU

कोरोना भाइरसका कारण बेलायतमा मात्रै ६० नेपालीको मृत्यु

विश्वभर फैलिएको कोरोना भाइरसका कारण बेलायतमा मात्रै वितेको करिब डेढ महिनामा कुल ६० जना नेपालीले ज्यान गुमाएका छन् ।

विदेशमा रहेका नेपालीको सबैभन्दा धेरै मृत्यु भएको बेलायतमा ज्यान गुमाउने मध्ये ५० जना पुरुष र १० जना महिला छन्।

ती मध्ये सबैभन्दा धेरै ४९ जना पुर्व गोर्खा सैनिक र उनीहरुका परिवारका सदस्यले ज्यान गुमाएको लण्डनस्थित नेपाली दुताबासले जनाएको छ ।

कोरोनाबाट मृत्यु हुनेमा नेपालीमा सबैभन्दा बढी उमेर ९५ वर्ष र कम उमेर ३२ वर्ष छ।