MENU

गैरआवासीय नेपालीको नागरिकताको समस्या यथाशिघ्र सम्बोधन गर्छौं : प्रधानमन्त्री देउवा


Nepalese Prime Minister Sher Bahadur Deuba has expressed his commitment to address the issue of dual citizenship of non-resident Nepalese as soon as possible. Non-Resident Nepali (NRNs) Foreign Direct Investment (FDI)
Nepalese Prime Minister Sher Bahadur Deuba has expressed his commitment to address the issue of dual citizenship of non-resident Nepalese as soon as possible.

प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपालीहरुको नागरिकता (Nepalese dual citizenship) को समस्यालाई यथाशिघ्र सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् ।

गैरआवासीय नेपाली संघले आज राजधानीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दैै उनले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

‘तपाईँहरुले गैरआवासीय नेपालीको नागरिकताका विषयलाई जतिसक्दो चाँडो सम्बोधन गर्न आग्रह गर्दै आउनुभएको छ । यस विषयलाई सबै पक्षसँग समन्वय गरी यथाशिघ्र सम्बोन गरिने कुरा मा आश्वस्त पार्न चाहन्छु,’ प्रधानमन्त्री देउवाले भने ।

सम्बोधनका क्रममा उनले प्रवासी नेपालीहरुलाई आफूसँग भएको सीप र पूँजी नेपालको विकासमा लगाउन आव्हान गरेका थिए । ‘तपाईँहरुले विदेशमा थुप्रै विकास देख्नुभएको छ । आउनोस् हातेमालो गरौं, नेपाललाई हाम्रो जिवनमा एउटा सभ्य विकसित मुलुक बनाई छोडौं,’ प्रधानमन्त्री देउवाले भने ।

याे पनि पढ्नुहाेस् ।

अस्ट्रेलियामा तलब बढ्यो: न्यूनतम ज्याला प्रतिघण्टा २१.३८ अस्ट्रेलियन डलर 

मेलबर्नमा नेपालीको मन्दिर र गुम्बासहितको सांस्कृतिक केन्द्र बन्ने