MENU

कोरोना भाइरस नियन्त्रण गर्न भिक्टोरियामा कर्फ्युको घोषणा, नेपालीको अवस्था कस्तो छ ?

मेलबर्न । अस्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना भाइरसको दोस्रो लहरमा संक्रमितको संख्या बढ्दै गएपछि राज्यले आइतबार विपत्तीको अवस्थाको घोषणा गर्दै चौथो चरणका प्रतिवन्धहरु घोषणा गरेको छ ।

भिक्टोरियाका राज्य प्रमुख डानियल एन्ड्रयुजले मेलवर्नबासीका लागि चौथो चरणको प्रतिवन्धहरु घोषणा गरेका हुन् । प्रतिवन्ध अन्तर्गत कर्फ्युको घोषणा समेत गरिएको छ ।

चौथो चरणको प्रतिवन्धहरु

चारवटा कारणहरु आवश्यक सामान वा सेवा, स्वास्थ्य सेवा अथवा दयालु कार्य तथा व्यायाम, काम र शैक्षिक गतिविधिका अलावा घरमै बस्नु पर्नेछ । राती ८ बजेदेखि विहान ५ बजेसम्म कर्फ्यु लागू हुने छ जुन काम, स्वास्थ्य सेवाबाहेक र हेरचाहको कामबाहेक सबैमा लागु हुनेछ ।

पाहुना बोलाउन नहुने । यदि तपाईको दोस्रो घर अथवा विदा मनाउने घर निशेधित क्षेत्रमा छ भने हेरचाहको कामका लागि मात्र जान सक्नुहुनेछ । वन्यजन्तु पार्क, चिडियाघर आदि बन्द रहनेछन् ।

अगष्ट ५ तारिखबाट वैवाहिक कार्यहरु राती ११ बजेर ५९ मिनेटदेखि गर्न पाइने छैन भने खाद्यान्न तथा आवश्यक सामाग्री आफ्नो घर भन्दा ५ किलोमिटर नजिकैबाट खरिद गर्नुपर्नेछ । अथवा नजिकैको सुपरमार्केटबाट ल्याउनुपर्ने तथा एक घरबाट एक जनालाईमात्र अनुमति दिइने छ ।

रेस्टुरेन्ट र क्याफेहरु टेक वेका लागि मात्र खोलिने छन भने फुडकोर्टहरु बन्द रहनेछन् ।

११ र १२ वर्षका बालबालिका तथा कमजोर बालबालिक र अनुमति प्राप्त कामदारका बालबालिकहरुका लागि राज्यव्यापी दुर शिक्षा मात्र संचालन हुनेछ । अगस्ट ५ तारिख पछि विशेष विद्यालयहरुमात्र खुल्ला रहनेछ ।

उच्च शिक्षा, संचारका माध्यमबाट बाहेक धार्मिक कार्यक्रमहरु, पाँच जना बाहेकका पव तथा बार, क्लबहरु बन्द रहनेछन । शारिरीक व्यामका लागिमात्र आउटडाेर खेलस्थलहरु खुल्ला गरिनेछ भने मनोरञ्जनस्थल र कार्यक्रमस्थलहरु बन्द रहनेछन् । शारिरीक अभ्यासका लागि केवल ५ किलोमिटर सम्म तथा एक्लै एक घण्टाका लागि मात्र जान पाउनेछन् ।

बजार र सपिङ सेन्टरहरु आवश्यक सामानहरु र सेवाका लागि खोलिने तथा सिमित मानिसको उपस्थिति मात्र गराइने छ ।
खेलकुद प्रशिक्षण केन्द्रहरु, पौडी पोखरीहरु, सिनेमा हल, नाटकघर, ग्यालरी, म्युजियम, राष्ट्रिय संस्थाहरु तथा पुरातात्विक स्थल आदि बन्द रहनेछन् ।

सेवा लिन आउनेहरुको विवरण संकलन गरेर सैलुनहरु खोल्न पाउनेछ भने दाहसंस्कारमा घरका मानिसबाहेक १० जनालाई मात्र अनुमति दिइनेछ ।

सामाजिक खेलकुद कार्यक्रम, माछा मार्न, गल्फ, डुंगा चलाउन, टेनिस खेल्न  जस्ता कार्यमा निषेध गरिएको छ ।
व्युटी सैलुनका कार्यहरु, पार्लर आदि बन्द गरिने छन् ।

नेपालीको अवस्था कस्तो छ ?

अस्ट्रेलियाको भिक्टोरिया राज्यमा कोभिड संक्रमितहरुको संख्या बढ्दै जाँदा नेपाली समूदायका २० जना भन्दा बढीमा कोभिड पोजेटिभ देखिएको छ ।

गैर आवासीय नेपाली संघ भिक्टोरिया राज्यका संयोजक प्रेम कंडेलका अनुसार २० जना कोभिड पोजेटिभ देखिएका नेपालीहरु सम्पर्कमा आएका छन् । तर कतिपय संक्रमितहरु भने सम्पर्कमा आउन नचाहेकाले संक्रमितको संख्या २० जना भन्दा बढी हुन सक्ने कंडेलले बताए । संक्रमित मध्ये दश जना होटेल क्वारेन्टिमा छन भने बाँकी दश जना होम क्वारेन्टिमा रहेका छन ।

गैर आवासीय नेपाली संघ भिक्टोरिया राज्यले संक्रमितहरुलाई दुई हप्ता पुग्ने राशन उपलब्ध गराउदै छ । संक्रमित सवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । “उनीहरुलाई हामीले आवश्यक सहयोग गरिरहेका छौ ।” नेप्लिज अस्टेलियनसंग कंडेलले भने ।

संक्रमित मध्ये आधा बिद्यार्थी

कोभिड पोजेटिभ देखिएका मध्ये आधाजसो विद्यार्थी रहेका छन । संक्रमितहरु ऐज केयर, डेण्टल क्लिनिक र एजुकेशन कल्सल्टेन्सीमा काम गर्ने रहेका छन । एक जनालाई पोजेटिभ देखिएपछि युनिटमा बस्ने प्रायजसो सवै संक्रमित भेटिएका थिए । उनीहरुमा सामान्य रुघा खोकीको लक्षण देखिएपछि कोभिड पोजेटिभ देखिएको हो ।

संक्रमितको आ –आफ्नै अनुभव

श्रीमतीलाई कोभिड पोजेटिभ देखिए पछि श्रीमान र बच्चाको कोभिड परीक्षण भने नेगेटिभ देखिएको छ । एउटा टाउन हाउसमा आठ जना विद्यार्थीहरु बस्ने गरेकोमा एक जनालई पोजेटिभ देखिए पछि सो घरमा वस्ने सवै संक्रमित भएका थिए ।

त्यस्तै गरी एक संक्रमितका अनुशार उनलाई कुनै रुघाखोकीको लक्षण नभएको तर गन्ध थाहा नपाएपछि कोभिड परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । छ जना बस्ने एक युनिटमा पाँच जानामा पोजेटिभ देखिए पनि एक जनाको परीक्षण रिपोर्ट आउन वाँकी रहेको छ ।

चार जना बस्ने युनिटमा श्रीमान श्रीमतिलाई पोजेटिभ देखिए पनि अन्य दुई जना लाई भने नेगेटिभ देखिएको थियो । श्रीमान श्रीमतिलाई पोजेटिभ देखिएपनि बच्चालाई भने नेगेटिभ देखिएको थियो । नेपाली विद्यार्थीहरु एउटा युनिटमा धेरै जना बस्दा संक्रमणको जोखिम बढेको देखिन्छ ।