MENU

च्याम्पियन्स लिगमा स्थान बनाउने इंग्लिसको टुङ्गो लाग्यो

लिभरपुल, म्यान्चेष्टर सिटी, म्यान्चेष्टर युनाईटेड र चेल्सी च्याम्पियन्स लिगमा छनोट भएका छन्।

लिग च्याम्पियन लिभरपुल र दोस्रो स्थानको मानचेष्टर सिटी यसअघि नै च्याम्पियन्स लिगमा छनोट भइसकेका भएपनि चेल्सी र मानचेष्टर युनाइटेडले आज अन्तिम चारमा रहदै इंग्लिस प्रिमियर लिगको यो बर्षको यात्रा टुङ्ग्याएका हुन् ।

म्यान्युले, लेष्टर सिटीलाई आफ्नो अन्तिम खेलमा १—० ले पेनाल्टी मार्फत हराएको हो ।

चेल्सीले उल्भसलाई २—० ले पराजितगर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।

एस्टन भिलाको सपना जिवितै

यसैबीच, वेष्टहाम युनाईटेडसंग एकेक गोलको बराबरी खेलेको एस्टन भिलाले अर्को सिजन पनि प्रिमियर लिग खेल्ने सपना जिवितै राखेको छ ।

रेलिगेसनबाट बालबाल जोगिएपछि, सो क्लबका म्यानेजर डेन स्मीथले आजको दिनलाई भावुक र खुसीको क्षणको रुपमा व्याख्या गर्नुभएको छ ।

यो संगै वाट्फर्ड, बर्नमथ र नर्विचसिटीको अर्को बर्षको प्रिमियर लिग खेल्ने सपना तुहिएको छ।