MENU

पीडित किशोरी नाबालिग नभएको सन्दीपकी वकिलको दाबी

Nepali leg-spinner Sandip Lamichhane left Nepal for playing in the Big Bash League (BBL) in Australia
Nepali leg-spinner Sandip Lamichhane. 

काठमाडौं– सन्दीप लामिछानेलाई जबर्जस्ती करणीको आरोप लगाउने किशोरी नाबालिग नभएको दाबी सन्दीप लामिछानेका वकिलले गरेका छन्। ‘भविष्यमा फाइदा हुने’ भन्दै युवतीले आफ्नो उमेर घटाएको दाबी सन्दीपकी वकिल सुधा रिजालले गरिन्।

पीडित भनिएकी युवतीका दुईवटा जन्मदर्ता देखिएको र जन्मदर्ताअनुसार किशोरी नाबालिग नरहेको दाबी रिजालको छ। ‘हामीसँग प्रमाण छ, त्यो हामी अदालतमा पेश गर्नेछौं,’ रिजालले भनिन्।

प्रहरीले आजै जिल्ला अदालत काठमाडौंमा सन्दीपलाई उपस्थित गराई अनुसन्धानका लागि हिरासतमा राख्न सात दिनको अनुमति लिएको छ। भदौ ५ मा सन्दीपले काठमाडौंको एक होटलमा पुर्‍याई लठ्याएर पटकपटक आफूलाई करणी गरेको भन्दै ती युवतीले भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी दिएकी थिइन्।

उजुरी पर्दा विदेशमा रहेका सन्दीपले २० असोजमा प्रहरीसामु आत्मसमर्पण गरेका थिए।

बलात्कार आरोपपछि ‘सम्पर्कविहीन’ सन्दीप लामिछाने ‘असोज २० गते नेपाल आउँदै’