MENU

नेपालमा कोरोनाबाट ४७ दिनका शिशुको मृत्यु

काठमाडौं, नेपाल ।

नेपालमा कोरोनाका कारण एक ४७ दिनका शिशुको मृत्यु भएको छ।

मंगलबार कोरोना संक्रमण पुष्टि भएका ती शिशुको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारकै क्रममा बुधबार राति मृत्यु भएको स्वास्थ मन्त्रालयले पुष्टि गरेको हो ।

घाँटीको शल्यक्रिया गर्नुअघि परीक्षणका लागि सोमबार राति उनको पिसिआर परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो।

उनीसहित नेपालमा कोरोना भाइरसबाट मृत्युको संख्या ३१ जना पुगेको छ जसमा २४ पुरुष, ४ महिला, २ जना बालक र एकजना बालिका रहेका छन्।