MENU

नेपालमा कोरोना संक्रमितको संख्या ५४

नेपालमा कोरोना संक्रमितको संख्या ५४ पुगेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले, आज आयोजना गरेको नियमित मिडिया ब्रिफिङका क्रममा प्रवक्ता डा विकास देवकोटाले रौतहटमा थप दुई जनामा कोरोना भाइरस कोभिड १९को संक्रमण देखिएको जानकारी दिए ।

कोरोना संक्रमित ५४ मध्ये १६ जना निको भइसकेका छन्। आजसम्म नेपालमा आरडीटी विधिबाट ४४ हजार १९ नमुना परीक्षण भएका छन् भने पीसीआर विधिबाट १० हजार ८०७ परीक्षणहरु भएका छन्।

दुवै विधिबाट ५४ हजार ८ सय २६ नमुना परीक्षणहरु भएका छन्। त्यसैगरी आजको अपडेटमा आइसोलेसनमा देशभरी १०७ जना रहेका छन्। काठमाडौँमा ४ जना आइसोलेसनमा छन् भने उपत्यका बाहिर १०३ जना रहेका छन्।

क्वारेन्टाइनमा २२ हजार ९९ जना रहेका छन्।