MENU

नेपालमा कोरोना संक्रमितको संख्या दुइअंकमा झर्यो

काठमाडौं, नेपाल ।

नेपालमा शनिबार ७० जना नयाँ संक्रमित थपिएका छन्।

हरेक दिन साढे ४ हजारको औषतमा परीक्षण गरिरहेको नेपाल सरकारले शनिबार ३ हजार ६ सय ४८ जनाको मात्रै पीसीआर विधिबाट कोरोना परीक्षणगर्दा संक्रमितको संख्या ७० हजारमै सिमित देखिएको हो।

योसंगै नेपालमा शनिबारसम्म कुल संक्रमितको संख्या १६ हजार ७ सय १९ पुगेको छ। शनिबार ४ सय ३१ गरी आजसम्म ८ हजार ४ सय ४२ जना डिस्चार्ज भएका छन ।

विभिन्न अस्पतालका आइसोलेसनमा ८ हजार २ सय ३९ जना संक्रमित उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।