MENU

नेपालमा थप ११८ जनामा कोरोना संक्रमण

काठमाडौं, नेपाल ।

नेपालमा शुक्रबार थप ११८ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रिफ्रङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार विभिन्न २५ वटा ल्यावबाट पीसीआर विधिबाट ४ हजार ८ सय ६ जनाको कोरोना परीक्षण गर्दा ११८ जना संक्रमित भेटिएको जानकारी दिए।

यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १६ हजार ६ सय ४९ पुगेको छ।

हालसम्म नेपालमा ३५ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ।

शुक्रबार १ सय २० जना गरी हालसम्म ८ हजार ११ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्

यस्तै शुक्रबार काठमाडौँ उपत्यकामा मात्रै ४२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँका २८, ललितपुरका १३ र भक्तपुरका एक जनामा कोरोना पुष्टि भएको छ।