MENU

नेपालमा थप १५६ जनामा कोरोना संक्रमण 

काठमाडौं, नेपाल ।

नेपालमा थप १५६ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले विगत २४ घण्टामा देशभरका २७ वटा प्रयोगशालाबाट ३ हजार ७४१ जनाको पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गर्दा थप १ सय ५६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

यो संगै नेपालमा संक्रमितको सख्ंया १७ हजार ६ सय ५७ पुगेको छ ।

त्यस्तै आइतबार कोरोना संक्रमण निको भएर ५८ जना डिस्चार्ज भएसंगै हालसम्म ११ हजार ६९५ जना निको भएर घर फर्किएको उनले जानकारी दिए ।