MENU

नेपालमा यातायात संचालनमा जोर विजोर प्रणाली लागु हिडडुलमा कडाइ

काठमाडौं, नेपाल ।

सरकारले भोलीदेखि, २ सय जनाभन्दा बढी सक्रिय कोरोना संक्रमित भएका जिल्लामा सवारी साधन सन्चालनमा जोर—बिजोर प्रणाली लागु गर्ने भएको छ।

काठमाडौं उपत्यकासहित देशभर कोरोना संक्रमितको संख्या बढेपछि सवारी साधन सन्चालनमा जोर—बिजोर प्रणाली गरिएको गृहमन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

साउन ६ गते मध्यरातदेखि लकडाउन हटाइएसँगै सवारी साधन सन्चालनमा लागु भइरहेको जोर—बिजोर प्रणाली पनि हटेको थयो। त्यसअघि सरकारले असार २६ गतेदेखि छोटो दुरीका सार्वजनिक सवारी साधन सन्चालन जोर—बिजोर प्रणाली लागु गरेर सन्चालन गर्ने निर्णय गरेको थियो।

राति हिड्न रोक

सरकारले राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको छ ।

कोरोना भाइरसको बढ्दो संक्रमणलाई लक्षित गरेर भोलीदेखि लागू हुने गरी राती ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा प्रतिवन्ध लगाइएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रायलका सह–प्रवक्ता उमाकान्त अधिकारीले काठमाडौं उपत्यकासहित २ सयभन्दा बढी सक्रिय संक्रमित भएका क्षेत्रमा लागू हुने गरी यो निर्णय गरिएको भएपनि अत्यावश्यक सेवामा भने यो निर्णय लागू नहुने जानकारी दिनुभयो ।