MENU

नेपालमा लडलकडाउनको समय बढाइयो जेठ ५ सम्म लकडाउन जारी राख्ने मन्त्रिपरिषदको निर्णय

फोटो ः स्रोत प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाको फेसबुक

नेपाल सरकारले लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन वैशाख २५ बाट बढाएर जेठ ५ गतेसम्म जारी राख्ने निर्णय गरेको हो।

कोरोना भाइरसको संक्रमण फैलिन नदिने उद्देश्यले सुरुमा चैत ११ देखि १८ गतेसम्म लकडाउन घोषणा गरेको सरकारले पाँचौपटक लकडाउनको अवधि थप गर्दै जेठ ५ सम्म पु¥याउने निर्णय गरेको हो ।

मंगलबारसम्मको तथ्यांकअनुसार नेपालमा कोरोनाबाट ८२ जना संक्रमित भइसकेका छन्। तीमध्ये आजै मात्र २२ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएपनि निको भएकामध्ये पनि तीन जनामा फेरि कोरोना देखिएको खबर बाहिरिएको छ।

लकडाउन सुरु भएयता दिनदिनैजसो कोरोना संक्रमित फेला पर्ने क्रम नरोकिएपछि सरकारले लकडाउन लम्ब्याइरहेको हो।