MENU

नेपालमा संक्रमितको संख्या २६७ पुग्यो, शुक्रबार १८ जनामा कोरोना संक्रमण पुष्टि

शुक्रबार साँझ काठमाडौंका ७ वर्षीय बालकसहित थप ९ जनालाई कोरोना संक्रमण पुष्टि भएपछि, नेपालमा फेरी एकैदिन संक्रमितको संख्या १८ थपिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार काठमाडौं सतुंगलका ७ वर्षीय बालकसहित पर्सा, उदयपुर र दाङमा थप ९ जनालाई संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या जम्मा २६७ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय शुक्रबार बिहान मकवानपुर र बाँके तथा साँझ काठमाडौं, वीरगञ्ज र दाङमा नयाँ कोरोना संक्रमितको पुष्टि भएको हो ।

नयाँ संक्रमितमा वीरगञ्जका ९ र १० वर्षीय बालक तथा २३ र ४७ वर्षीय महिला, उदयपुर त्रियुगाका २५ वर्षीय पुरुष, दाङ तुल्सीपुरका २३,३६ र ३४ वर्षीय पुरुष तथा काठमाडौं सतंगुलका ७ वर्षीय बालक छन्।

बिहान मकवानपुरमा १ जना र बाँकेमा ८ जना संक्रमित भेटिएका हुन् ।

बाँकेको नरैनापुर गाउँपालिका – १, ३ र ५ निवासी १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

मन्त्रालयका अनुसार हालसम्म ३६ जना निको भएर घर फर्किएका छन् । तर ३ जनामा पुनः पोजेटिभ देखिएको छ ।