MENU

नेपालमा सुनको मूल्यको नयाँ रेकर्ड

काठमाडौं, नेपाल ।

नेपालमा सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय पुगेर नयाँ रेकर्ड कायम गरेको छ।

सोमबार ९१ हजार ५ सयमा कारोबार भएको सुन बिहीबार एकैदिन ९ सयले बढेर नयाँ रेकर्ड कायम गरेको हो।

अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढिरहेकोले नेपालमा पनि त्यसको असर परेको हो ।

बिहिबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १८ सय १२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

आज चाँदीको मूल्य पनि बढेर ९ सय ८० प्रतितोला पुगेको छ। यो अघिल्लो दिनको तुलनामा २५ रुपैयाँले बढी हो।