MENU

प्रिमियर लिग क्लबका खेलाडीहरुले सानो समूहमा प्रशिक्षण गर्न पाउने

इंग्लिस प्रिमियर लिगका क्लबहरु, सामाजिक दुरी कायम राखेर सानो समूहमा खेलाडीहरुको प्रशिक्षण सुरु गर्न सहमत भएका छन् ।

मंगलबारदेखि  सम्पर्क बिनै सामाजिक दूरी कायम गरी पाँच खेलाडीसम्मको समूह बनाएर प्रशिक्षण सुरु गर्ने निष्कर्षमा क्लबहरु पुगेको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । खेलाडीले अहिलेसम्म व्यक्तिगत रुपमा प्रशिक्षण गर्दै आएका छन् ।

प्रिमियर लिगका यो सिजनका खेलहरु पूरा गर्ने अभियान अन्तर्गत क्लबहरुबिच निरीक्षण, जिपिएस ट्रयाकिङ्ग, भिडियो एनालिसिससहितका विधिको प्रयोग गरेर क्बलहरुले स्वास्थ्य सम्बन्धी निर्देशनहरु पालन गरे–नगरेको अनुगनम हुने बताइएको छ ।

कोरोना भाइरसको महामारीका कारण मार्च १३ देखि रोकिएको लिग आउँदो जुन १२ देखि खेल सुरु गर्ने तयारी थियो । तर सो भन्दा पछि सर्ने सम्भावना रहेको छ । लिगका ९२ खेल हुन बाँकी छ ।