MENU

वामदेव नेकपाको उपाध्यक्ष

सत्तारुढ नेकपाले वामदेव गौतमलाई उपाध्यक्ष चयन गरेको छ। बुधबारदेखि राष्ट्रिय सभागृहमा जारी केन्द्रीय समितिको पूर्ण बैठकले विधान संशोधन र संगठनात्मक प्रस्ताव पारित गरेसँगै गौतम उपाध्यक्ष बनेका हुन्।

 

 

गत साउन अन्तिममा बसेको नेकपा सचिवालय बैठकमा गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले ल्याएका थिए।

 

उनलाई उपाध्यक्ष बनाउन विधान संशोधन गर्ने निर्णय भएको थियो।

 

त्यसलाई स्थायी समितिले अनुमोदन गरेको थियो।