MENU

विदेशमा अलपत्र नेपालीको उद्दार उडान तत्काललाई रोक

काठमाडौं, नेपाल ।

विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन सरकारले जेठ २९ देखि खुला गरेको उद्धार उडान तत्काललाई रोकेको छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले, तत्कालका लागि उद्धार उडानका लागि तालिका ननिकाल्ने जनाएको हो ।

पछिल्लो पटक देशभर बाढिपहिरो लगायत विपत्तिका कारण उद्धार उडानबाट काठमाडौं ओर्लिने सर्वासाधरणलाई प्रदेश र स्थानीय तहमा बनाइएका होल्डिङ सेन्टरमा लैजान समस्या देखिएपछि, तत्काल उद्धार उडान रोकिएको, पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको भनाइ छ ।

जेठ २९ देखि थालिएको उद्धार उडान पछिल्लोपटक बिहिबारसम्म खुला गरिएको थियो । यो अवधिमा २५ वटा मुलुकबाट, ३४ हजार ८ सय नेपाली स्वदेश फर्किएका छन् ।