MENU

सरकारले बैशाख ३ गतेसम्म बढायो लकडाउन

सरकारले जारी लकडाउन वैशाख ३ गतेसम्म थप गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषदकाे साेमबार बसेकाे बैठकले लकडाउन थप्ने निर्णय गरेको हो ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउनको अवधि ८ दिन थप गरेको हो।

यसअघि सरकारले चैत ११ गतेबाट लागू हुनेगरी पहिलोपटक लकडाउन गरेको थियाे। त्यसपछि २५ गतेसम्म बढाइएकाे थियाे। भारतमा २१ दिने लकडाउन जारी रहेको र नेपालमा समेत कोरोनाको संक्रमणको दर केही बढेको पाइएपछि लकडाउन थप गरिएकाे हो।

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश मातहत कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै लकडाउनको अवधि थप गर्न संघीय सरकारलाई आग्रह गरेकाे थियाे।

धनगढीमा घरमै रहेकी एक महिलामा काेराेना संक्रमण भएपछि जाेखिम बढेकाे छ।