MENU

नेपालमा ६ रेक्टरको भूकम्पको धक्का

काठमाडौं  ।  बुधबार विहान ५ बजेर १९ मिनेटमा सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर नेपालमा भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाए अनुसार सिन्धुपाल्चोकको राम्चे नजिकै केन्द्रविन्दु बनाएर ६ रेक्टर स्केलको भुकम्प गएको हो ।  भूकम्पबाट के कति क्षति भयो अहिलेसम्म कुनै जानकारी प्राप्त भने भएको छैन ।

अधिकांश मानिसहरु घरभित्रै रहेको समयमै भूकम्प गएको तथा भुकम्प जादा मानिसहरु घरबाट बाहिर समेत निस्किएका थिए ।

यस अघि सेप्टेम्बर ९ तारिखमा धादिङको निकान्थालाई केन्द्रविन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प भएको थियो । पछिल्लो समय बाढी पहिरोले सिन्धुपाल्चोक जिल्लामा धेरै मानविय र धनजनको क्षति भएको छ ।