सिड्नीमा संचालित “शब्दमाला नेपाली भाषा विद्यालय” प्रवास मै नेपालीको नमुना विद्यालय बन्दै छ ।
सिड्नीको ग्रेनभिल, काल्टन, मक्वारी फिल्ड, द पोन्ड्स, क्याम्सि र नरम्यनहस्टमा गरेर ६ स्थानमा संचालित यो विद्यालयमा अहिले करिव दुइ सय जना बालवालिकाले अध्ययन गरिरहेका छन् । यि बालवालिकाललाई पढाउन करिव २७ जना शिक्षक शिक्षिका रहेका छन् ।
गुठी अष्ट्रेलिया र गोर्खा नेप्लीज कम्युनिटिको सहकार्यमा शब्दमालाको सिड्नीमा जन्म भएको हो । अहिले एक स्वायत संस्थाको रुपमा शब्दमालाले अफ्नो पहिचान बनाएको छ । शब्दमाला नेपाली भाषा विद्यालयमा अध्ययन अध्यापन, ब्यवस्थान र अन्य चुनौतिहरुमा केन्द्रित रहेर नेप्लिज अस्ट्रेलियनका लागि ऋषि आचार्यले ब्यवस्थापन समितिका अध्यक्ष अचला तिमल्सिना सँग गरेको कुराकानी ।
शब्दमाला भाषा विद्यालयको पछिल्लो अवस्था कस्तो छ ?
हाम्रा कक्षाहरु नियमित रुपमा अनलाइन मार्फत सुचारु रुपले संचालन भइरहेका छन्। विधार्थी सहभागिता पनि राम्रो छ। हाम्रा विध्यार्थीहरुले निकै रमाईलो मानेर नेपाली बोल्न, पढ्न र लेख्न सिकिरहेका छन्।
कोभिड १९ ले हामीलाई केही उपलब्धि प्रदान गरेकोछ। कम्युनिटि ल्याङ्गवेज कार्यक्रम बाट प्राप्त निरन्तर अनलाइन मार्फतका प्रशस्थ तालिमहरुले गर्दा हाम्रा शिक्षिकाहरुले अझ बढि तालिमहरु लिएर नयाँ नयाँ शिपहरुसिक्ने एउटा अमुल्य मौका प्राप्त गर्नु भएको छ,जसले गर्दा हाम्रो शैक्षिक गुणस्तर दिन प्रति दिन बढ्दै गएको प्रतिकृया हाम्रा अभिभावकहरुबाट हामीलाई प्राप्त भएकाछ्न्। यो हाम्रो नेपाली समुदायको लागि नै एउटा ठूलो उपलब्धि हो भन्ने हामीले महशूस गरेकाछौं।
कोभिड १९ को संक्रमणले गर्दा अध्ययन अध्यापनका लागि के कस्तो समश्या परेको छ ?
कोभिड १९ ले हाम्रा विध्यार्थीले विध्यालयमा आएर साथीहरु भेट्ने, सँगै बसेर खाजा खाने अनि खेल्दा बोल्दा सिक्दै जाने प्रकृयालाई असर गरेता पनि हाम्रो अध्यापन कार्यलाई भने त्यति असर गरेको जस्तो हामीलाई लागेको छैन।
हाम्रोलागि एउटा नितान्त नयाँ पद्दति अनलाइन मार्फत कक्षाहरु संचालनगर्न सुरुका एक दुइ हप्ताका लागि सानातिना प्राविधिक कठिनाइहरु भएता पनि हाम्रा अभिभावकहरुको सहयोग तथा धैर्यता र अनि गार्हो साङ्गुरो पर्दा सबै एक जुटहुने नेपाली जिवनशैलीले गर्दा सम्पूर्ण संचालक समिति, शिक्षिकाहरु,विध्यार्थीहरुरअभिभावकहरुसबै एकजुट भएर हामी हाम्रो पठन-पाठन कार्यलाई एक दिन पनि नरोकि निरन्तरता दिन सफल भएकोमा सम्पूर्ण शब्दमाला परिवार प्रति हामी गौरव गर्दछौं।
विद्यालयको शैक्षिक क्यालेण्डर कस्तो छ अहिले ?
हाम्रो विध्यालयको शैक्षिक पात्रो न्यू साउथ वेल्स सरकारको विध्यालय पात्रो अनुसारकै छ। न्यू साउथ वेल्सका सरकारी विध्यालयहरु संचाल्न हुँदा हाम्रो विध्यालय प्रत्येक आइतवार दुई घन्टाका लागि संचालन हुन्छ र विदा हुँदा हाम्रो विध्यालयमा पनि विदा हुन्छ।
कक्षामा बालबालिकालाई मुख्यतय के के सिकाईन्छ ?
कक्षामा हाम्रा विध्यार्थीहरुलाई हामी नेपाली भाषा बोल्न, पढ्न र लेख्न सिकाउँछौ । यसका साथै हामी हाम्रा सांस्कृतिक पर्वहरु विध्यालयमा मनाएर,रमाइलो गरेर हाम्रा नयाँ पिडिहरुमा हामी सँग भएका अपार सांस्कृतिक विशेषताहरु जोगाउँदै जाने प्रयाशमा छौं।
हाम्रा गीतहरू,नाँचहरु मनोरन्जन लागि मात्र नभएर हाम्रा सांस्कृतिक पाटाका अभिन्न अङ्गहरु हुन् भन्ने हाम्रो बुझाई रहेकोले नेपाली विविध रहनसन र सँस्कृति झल्काउने गीत र नृत्यहरुलाई विषेश महत्वका साथ विध्यार्थीहरुलाईे सिकाउँदै आएका छौ।
विद्यालय संचलनको लागि आर्थिक स्रोत आर्थिक स्रोत के कस्तो छ ?
विध्यार्थीहरुबाट प्राप्त शुल्क र कम्युनिटि स्कुल कार्यक्रमबाट प्राप्त अनुदान नै हाम्रो विध्यालयका आम्दानीका स्रोतहरु हुन्।
थप चुनौतिहरु के कस्ता छन् ?
शब्दमालाको विशेषता र महत्व धेरै भन्दा धेरै नेपाली अभिभावकहरुमा पुर्याएर यो सुवर्ण मौकाको फाइदा लिन चेतना जगाउनु नै हाम्रो सबैभन्दा ठूलो चुनौती रहेको छ।
आशा गर्दछौं हामी निकट भविष्यमा नै यो चुनौतीलाई पार गर्न सफल हुनेछौं, किनकी हाम्रो नेपाली समुदायले शब्दमाला नेपाली भाषा विध्यालयको महत्व दिन प्रतिदिन बुझ्दै जाने क्रमको शुरुवात भैसकेको छ ।
अन्य राज्य र सरकारी विभागहरुसँग सहकार्य कस्तो भैरहेको छ ?
कम्युनिटि स्कुल कार्यक्रम, हाम्रा सबै शाखाका कक्षाहरु संचालन गर्ने अनुमति दिने विध्यालयहरु तथा शब्दमालको निरन्तर विकासका लागि प्रत्यक्ष वा परोक्ष रुपमा सहकार्य गर्ने सम्पूर्ण संघ संस्थासँग हाम्रा सह्कार्यहरु निरन्तर चलिरहेका छन्। अस्ट्रेलियाका अन्य राज्यहरूमा संचालन भैरहेका भाषा विध्यालयहरू नेपाली सामुदयिक संस्थाहरूसँग पनि सहकार्यको गरिरहेका छौं ।
भविष्यको लक्ष्य के छ ?
शब्दमाला नेपाली भाषा विध्यालयमा आफ्नो योगदान पुर्याउनुहुने हाम्रा अग्रजहरु, आजको समयमा आफ्नो ब्यक्तिगत स्वार्थलाई पन्छाएर बल्ल बल्ल पाएको छोटो समयमा पनि रात दिन नभनी काम गर्नुहुने हाम्रा संचालक समितिका सम्पूर्ण सद्स्यहरु, शिक्षिकाहरु, अभिभावकहरु तथा हाम्रा विध्यार्थीहरुका अनुभव, शीप र ज्ञानको एक एक थोपालाई सङ्गालेर नेपाली समुदायको एउटा उदाहरणिय अग्रणि संस्थाको रुपमा विध्यालयलाई विकाश गर्दै, धेरै भन्दा धेरै केटाकेटीहरुमा हाम्रो भाषा र संस्कृतिको निरन्तरता कायम राख्दै जाने हाम्रो लक्ष रहेको छ।
यहाँहरुका केटाकेटीहरु नेपाली भाषा र संस्कृति सिक्न उत्सुक छन् भने हामीहरुलाई फेसबुक वा info@sabdamala.org.au मा सम्पर्क गर्नुहोला। हाम्रो भाषाको संरक्षण गर्दै हाम्रो परिचयलाई कायम राख्न आउनुहोस् हामीहरु हातमा हात मिलाएर अगाडि बढौं।
याे पनि पढ्नुहोस ।
https://nepaleseaustralian.com.au/archives/2776