MENU

नेपालको पर्वतमा पहिरो दुइ परिवारका ८ जनाको ज्यान गयो

फोटो : अशोक थापाको फेसबुकबाट

काठमाडौं, नेपाल ।

पर्वतमा पहिरोमा पुरिएर दुई घर परिवारका ८ जनाको ज्यान गएको छ ।

शनिबार राति पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको काहुलेमा बस्तीभन्दा माथिबाट आएको पहिरोले पुरिएर स्थानीय तुलबहादुर थापाको परिवारका छ र विकास विकको परिवारका दुइजनाको ज्यान गएको हो ।

पहिरोले पुरिएर ५३ वर्षीय तुलबहादुर थापा, उहाँकी श्रीमती ५२ वर्षीया मीनकुमारी थापा, नातिनी आठ वर्षीया बिबिसा र नाति १४ वर्षीय सम्राट थापा, तुलबहादुरकी विवाहित छोरी ३४ वर्षीया दीपा थापा र दीपाका छोरा १७ वर्षीय विवेक थापाको मृत्यु भएको पर्वतका प्रहरी प्रमुख विश्वराज अधिकारीले जानकारी दिए ।

त्यसैगरी विकास विककी श्रीमती ३२ वर्षीया कमला विक तथा उनकी छोरी ८ वर्षीया प्रमिशा विकको  पनि पहिरोले पुरिएर ज्यान गएको छ।

पहिरोमा पुरिएक  १३ वर्षीय जेनिस विकको अवस्था अज्ञात छ ।

तुलबहादुरका छोरा अम्मर थापा र बुहारी रिमाया थापा भने घरदेखि झण्डै पाँच सय मिटर परको डाँडामा पसल सञ्चालन गर्दै आएले ज्यान जोगिएको छ ।

कमला विकका श्रीमान् विकास विक भने रोजगारीका लागि साउदीमा रहेका छन् । उनी लकडाउन खुलेलगत्तै स्वदेश फर्किने तयारीमा रहेको बताइएको छ ।