MENU

अस्ट्रेलियाले बनाउदै गरेकोे कोभिड-१९ विरुद्धको खोप सफलता उन्मुख

Nepalese Australian

Covid-19 vaccine Australia

ब्रिसबेन । अस्ट्रेलियाले बनाउदै गरेको कोभिड-१९ विरुद्धको खोपको जनवार र मानिसमा गरिएको परिक्षणले कुनै साइड इफेक्ट नदेखाएको अनुशन्धातकर्ताहरुले बताएका छन ।

क्वीन्सल्याण्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले क्लिनिकल ट्रायल भन्दा अघिको जानकारी सार्वजनिक गर्दै खोपले भाइरससँग लड्ने रोग प्रतिरोधात्मक क्षमता विकास गरेको बताए ।

“हामीले विकास गरेको मोलेकुलर क्लाम्प खोप जनावरलाई लगाउदा उत्पन्न भएको रोग प्रतिरोधात्मक क्षमता कोभिड-१९ बाट निको भएका विरामीहरु भन्दा राम्रो रहेको थियो । ”  खोप विकास प्रोजेक्टका सह नेतृत्वकर्ता तथा एसोसियट प्रोफेसर केइथ च्यापेलले भने ।

१२० जना मानिसमा गरिएको परिक्षणमा कसैले पनि नकारात्मक साइड इफेक्ट महसुस नगरेको अनुसन्धानकर्ताले बताए ।

च्यापेलले बताए अनुशार अनुसन्धाकर्ताहरुले औषधी उत्पादक कम्पनी सि एस एल संग मिलेर काम गरिरहेको र यदी सफल भए खाेपको उत्पादन अस्ट्रेलियामा नै हुनेछ ।

याे पनि पढ्नुहाेस् ।

https://nepaleseaustralian.com.au/archives/4094