MENU

क्रिसमस नजिकीदै गर्दा; सहज हुँदै सिड्नी

Sydney Opera House Photo by Jeremy Bishop on Unsplash
Sydney Opera House Photo by Jeremy Bishop on Unsplash

सिड्नी । कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या केही दिनयता कमहुँदै गएपछि अस्ट्रेलियाको न्यूसाउथ वेल्स राज्यले कोभिड नियन्त्रणका लागि लगाईएका प्रतिबन्धहरु खुकुलो बनाउने भएको छ ।

आगामी शुक्रवार देखि  ईनडोर र आउटडोर जम्मा हुने मासिनहरुको संख्यालाई बढाउँदै सहज बनाएको छ । विगतमा सार्वजनिक ठाउँमा २० जना मात्र भेला हुन पाउने संख्यालाई बढाएर ३० जना पुर्‍याएको छ  ।

त्यस्तै गरी  होटेल  तथा रेष्टुरेण्टहरुमा ग्राहकहरूको हकमा प्रतिटेबल ३० जना सम्मले बुकिङ गर्न पाउने नियम बनाइएको छ । पहिले दश जना मात्र बस्न पाउने नियम थियो ।

गत शुक्रवार कर्पोरेट कार्यक्रमहरूमा ३ सय जना सहभागी हुने  नियम लागुभइसकेको छ । त्यसै गरी डिसेम्बर एकबाट विवाह पार्टीमा ३ सय जना सहभागी हुन पाउने भएका छन् तर यस्ता कार्यक्रमहरू गर्दा आउटडोरमा दुई स्क्वास मिटरको दुरी कायम राख्नुपर्ने र निगरानीका लागि क्युआर कोड अनिवार्य हुनुपर्ने छ ।

इनडोरमा भने चार स्क्वास मिटरको दुरी कायमै रहने छ । न्यूसाउथ वेल्सकी राज्य प्रमुख ग्लेडिस बेरेजिक्लियनले भने राज्यसरकारले  कोभिड १९ लाई नियन्त्रण गर्दै  अर्थव्यवस्थालाई सहज बनाउँदै लैजाने बताइन् ।