MENU

होबार्ट आसपासमा बस्ने नानि बाबुहरुलाई पाठशाला पठाऊ

होबार्ट । नेपाली सोसाइटी अफ तास्मानिया द्वारा होवार्टमा  सञ्चालित नेपाली पाठशालामा ३ देखि दश वर्षका नानि बाबुहरूका लागि भर्ना  खुलेको छ । 

आइतबार होवार्टको रोयल बुटा निकल गार्डेनमा आयोजित अभिभावक र बालबालिका बिच  पिकनिक आयोजना गरी भर्नाका लागि प्रोत्साहित गरिएको नेपाली सोसाइटी अफ तास्मानियाका अध्यक्ष अभिनव आचार्यले जानकारी दिए ।

पाठशालामा भर्ना अभियान विगत वर्षकै निरन्तरता भएको बताउँदै  आचार्यले भर्नाका लागि  फेसबुक पेज तथा इमेलबाट पनि नाम दर्ता गराउ अभिभावकहरुलाई   आग्रह गरेका छन् ।  यस वर्ष प्रति विद्यार्थी भर्ना शुल्क २० डलर राखिएको छ ।

होबार्टमा सञ्चालित नेपाली पाठशालामा नानिबावुहरुलाइ नेपाली भाषा कला र संस्कृतिका बारेमा  सिकाइने गरिन्छ ।  आगामी आइतबार   बिहान ११ बजे देखि १ बजे सम्म कक्षा सञ्चालन हुने सोसाइटीले जनाएको छ ।