MENU

नोभेम्बर १ देखि अष्ट्रेलियाली नागरिकले विदेश भ्रमण गर्न पाउने

Australia allowing fully vaccinated travellers to leave the country

सिड्नी । अष्ट्रेलियाले आगामी सातादेखि आफ्ना नागरिकलाई बिदेश भ्रमण गर्न अनुमति दिने घोषणा गरेको छ । स्थानिय संचारमाध्यमहरूका अनुसार यसअघि लागू गरिएको बिना अनुमति विदेश भ्रमण गर्न नपाइने नियमलाई समेत हटाइने भएको छ ।

कोभिड–१९ संक्रमण रोकथाम गर्न भन्दै अष्ट्रेलियाले १९ महीनासम्म आफ्ना नागरिकलाई विदेश भ्रमणको अनुमति दिएको थिएन । नोभेम्बर १ देखि कोरोना खोपको पूर्ण मात्रा लगाएका नागरिकहरु सरकारी अनुमति बिनै विदेश घुम्न पाउनेछन् ।

अहिलेलाई यो नियम अष्ट्रेलियाली नागरिकलाई मात्र लागू हुने र चाँडै विदेशीलाई पनि लागू गर्ने तयारी भएको छ । ‘वर्षको अन्त्यअघि नै हामी पूर्ण डोज खोप लगाएका विदेशी पर्यटक र विद्यार्थीलाई स्वागत गर्ने तयारीमा छौं’ अष्ट्रेलियाका गृहमन्त्री करेन एन्ड्रिउजले विज्ञप्तिमा भनेका छन् ।

प्रधानमन्त्री स्कट मरिसनले पनि अष्ट्रेलियाली नागरिकको जीवनलाई पुरानै लयमा फर्काउन सरकारले सीमा खुला गर्ने तयारी गरेको बताएका छन् । सरकारको यो निर्णयपछि झन्डै दुईवर्षदेखि परिवार र आफन्तसँग अलग भएका व्यक्तिलाई राहत दिएको छ ।