MENU

प्रवासी नेपाली मञ्च अस्ट्रेलियाको पाँचौ अधिवेशन सिड्नीमा हुने

The fifth national convention of Overseas Nepali Forum, Australia is going to be held on 27 and 28 August in Sydney Australia. Communist Party of Nepal (Unified Marxist–Leninist)
The fifth national convention of Overseas Nepali Forum, Australia is going to be held on 27 and 28 August in Sydney Australia.

सिड्नी । प्रवासी नेपाली मञ्च अस्ट्रेलिया (Overseas Nepali Forum, Australia) को पाँचौं राष्ट्रिय अधिवेशन अगष्ट २७ र २८ तारिखमा सिड्नीमा हुने भएको छ ।

मंचले १७ अगस्टमा जारी गरेको विज्ञप्तीका अनुसार सिड्नीको अबनमा रहेको “सफायर फङ्सन सेन्टर” मा हुने मञ्चको पाँचौ अधिवेशनलाई नेकपा एमाले स्थायी समिति सदस्य एव विदेश विभाग प्रमुख डा. राजन भट्टराईले प्रमुख अतिथिको रुपमा उद्घाटन गर्नेछन् ।

अगस्ट २७ तारिख बिहान १० बजेदेखि-दिनको ३ बजेसम्म उद्घाटन समारोहको कार्यक्रम हुने र बेलुकी ६ बजेदेखि बन्द सत्रको कार्यक्रम रहने छ। त्यस्तै २८ तारिख बिहान ११ बजे घोषणा सभा तथा पत्रकार सम्मेलन गर्दै अधिवेशन सम्पन्न मंचका प्रवक्ता सन्तोष दाहालद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

कार्यक्रममा विशेष अतिथिको रुपमा न्यू साउथ वेल्स राज्य सरकारका विपक्षी दलका नेता कृस मिन, प्रवासी नेपाली मन्च अन्तरराष्ट्रिय कमिटीका अध्यक्ष भक्त गुरुङ लगायत अन्तराष्ट्रिय कमिटिका पदाधिकारीहरु मन्चका अन्तर्राष्ट्रिय सल्लाहकार समितिका अध्यक्ष सञ्जय थापा, अष्ट्रेलियाका लागि नेपाली राजदुत कैलाश पोखरेल,  न्यू साउथ वेल्स महावाणिज्यदूत दिपक खड्का, भिक्टोरिया राज्यका महावाणिज्यदूत चन्द्र योन्जन, साउथ अष्ट्रेलियाकामहा बणिज्यदुत दिपक धमालाका साथै न्युजिल्यान्डका नेपाली महावाणिज्यदूत आत्माराम खनाल र दिनेश खड्का लगायतको उपस्थिति रहने छ ।

कार्यक्रममा अस्ट्रेलियामा रहेका राज्य समितिहरुको प्रतिनिधित्व गर्दै करिब ३०० प्रतिनिधि र १०० परिवेक्षकको उपस्थिति रहनेछ ।

प्रवासी नेपाली मञ्च नेकपा एमालेको प्रवास स्थित भातृसंस्था हो । यो अधिवेशनले आगामी २ वर्षका लागि नयाँ कार्यसमिति निर्वाचित गर्नेछ ।

याे पनि पढ्नुहाेस् ।

नेपाल फेस्टिबल मेल्वर्न २०२२ को तयारी बारे जानकारी दिन पत्रकार सम्मेलन