MENU

अस्ट्रेलियन सहायता बोकेको जहाज काठमाडौंको लागि उड्यो

Australia Delivered COVID-19 Supplies to India, Nepal and Sri Lanka
An Australian Defence Force C-17A Globemaster aircraft departed Perth this morning, carrying oxygen equipment for India and Personal Protective Equipment for Nepal and Sri Lanka.

पर्थ । कोभिड-१९ महामारीविरुद्ध अस्ट्रेलियाले नेपाललाई उपलब्ध गराएको स्वास्थ्य सहायता शुक्रवार ४ जुनमा नेपाल आइपुग्ने भएको छ ।

अस्ट्रेलियाले नेपालको महामारीविरुद्ध घोषणा गरेको ७ मिलियन अस्ट्रेलियन डलर (८ करोड २१ लाख रुपैयाँ) सहयोग प्रतिबद्धता अन्तर्गत रहेर स्वास्थ्य उपकरण काठमाण्डूका लागि उडेको हाे।

अष्ट्रेलियाली रक्षामन्त्री पिटर डटन र प्यासिफिक मामिला हेर्ने अन्तर्राष्ट्रिय विकास मन्त्री जेड सेसेल्जाले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै सो जानकारी दिएका हुन् ।

अस्ट्रेलियाली विदेशमन्त्री म्यारिस पाइनले ट्वीट गर्दै ती स्वास्थ्य सामाग्री शुक्रवार नै काठमाडौं  अवतरणा हुने जनाएकी दिएकी छिन् ।

अस्ट्रेलियाको रक्षा मन्त्रालयको सी–१७ ए कलसाइनको एयरक्राफ्ट ती स्वास्थ्य सामाग्री लिएर पर्थबाट काठमाडौंतर्फ उडेको तस्विर समेत उनले सार्वजनिक गरेकी थिइन।

सोही जहाजले भारत र श्रीलंकामा समेत स्वास्थ्य सामग्री लिएर आउन लागेको हो । सो जहाजमा अक्सिजन उपकरण र अन्य स्वास्थ्य उपकरण संलग्न रहेको जनाइएको छ ।